Friday, October 23, 2026
Home राजनीति नेकपाका नेता बास्तोलाको घरमा पनि टाँसियो पक्राउ पुर्जी

नेकपाका नेता बास्तोलाको घरमा पनि टाँसियो पक्राउ पुर्जी

164

फागुन १८,
सुर्खेत । नेत्रबहादुर चन्द विप्लवुनेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धमेन्द्र बास्तोलाको नाम पक्राउ पुर्जी जारी भएको छ। सुर्खेतको बालियाचौरस्थित बास्तोलाको पुर्ख्यौली घरमा पक्राउ पुर्जी टाँसिएको हो। उनी नेकपा स्थायी समिति सदस्य हुन्। नेकपा सुर्खेतका इन्चार्ज ध्रुवका अनुसार नेता बास्तोलाको घरमा महासचिव विप्लवकै प्रकृतिको पक्राउ पुर्जी टाँसिएको छ। उनलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सुर्खेत जिल्ला अदालतको आदेशमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो।