नेपालमा अधिकांश भवन संहिता विपरित

489

नयाँ नेपाल न्युज
फागुन १७,
भक्तपुर । नेपालमा भवन संहितालागू भएपनि काठमाडौं उपत्यका र बाहिर क्षेत्रमा निर्मित भवन संहिता विपरित निमार्ण हुने गरेका छन् ।
भक्तपुरमा आयोजित राष्ट्रिय भवन संहिता कार्यान्वनमा निजि क्षेत्रको भुमिका बिषयक कार्यशाला गोष्ठीमा सम्बन्धीत क्षेत्रका विज्ञहरुले शहरी क्षेत्रमा ९० प्रतिशत भवनहरु संहिता विपरित निमार्ण हुने गरेको बताए ।
नेपालमा निर्माण भएका संरचनाहरु विपद सहन सक्ने क्षमताका नहुदाँ ठुलोमात्रमा जनधनको क्षति हुने गरेको छ ।
कार्यक्रममा शहरी विकाश मन्त्रालय भवन निर्माण विभागका इन्जिनियर विवेक सिग्देलले नेपालमा घर, होटल, विद्यालय लगायतका संरचना बनाउनदाँ आवश्यक मापदण्ड पुरा नगर्नेहरु धेरै रहेको बताए ।
नेपाल राष्ट्रिय भवन निमार्ण संहितामा २३ प्रकारका प्रक्रियाहरु रहेको र त्यसमध्ये कुनै एकको मापदण्डमा रहेर निमार्ण कार्य गर्नु पर्ने भएपनि सो पूरा नभएको सिग्देलको भनाई छ ।
उनले प्राकृतिक प्रकोपहरु जस्तै भुकम्प, बाढि पहिरो, आगलागि, हावाहुरीको जोखिमबाट बच्नको लागि भवन निमार्ण संहिता पालना गर्नु पर्ने बताए ।
फ्रेण्ड सर्भिस काउन्सिल नेपालका अध्यक्ष सुर्यबहादुर थापाले चाँगुनारायण नगरपालिकाले विपद व्यवस्थापनकोलागि आपतकालिन कार्य संञ्चालन केन्द्र नगरपालिकाको सहकार्यमा राख्ने तयारी भइरहेको बताए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोलाले नगरक्षेत्रभित्र भवन संहिता लागू गर्न कडाई गर्ने बताइन् ।
कार्यक्रममा भक्तपुरमा रहेका विभिन्न बैकंका शाखाका प्रतिनिधि, नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष इन्द्र लामा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीलगायतले विपदबाट बच्नको लागि सबैक्षेत्र एक जुट भएर लाग्नु पर्ने धारणा राखेका थिए ।