होली खेल्ने क्रममा छतबाट खसेर पोखरामा बालकको मृत्यु

135

फागुन १८,
पोखरा । पोखरामा होली खेल्ने क्रममा छतबाट खसेर एक बालकको ज्यान गएको छ । हर्सोल्लासपूर्वक होली मनाउने क्रममा पोखरा लेखनाथ महानगरपालिका–२, विन्ध्याबासिनीस्थित आफ्नै घरको छतमा होली खेल्ने क्रममा खसेर स्थानीय रवि रेग्मीका ११ वर्षीय छोरा आविस्कार रेग्मीको ज्यान गएको हो । उनी गण्डकी बोर्डिङ स्कुलमा कक्षा ५ अध्ययतरत रहेको बताइएको छ । घट्ना अनुसार २ तले घरको छतमा आविस्कार दिदीसँग होली खेलिरहेका थिए । सो क्रममा दिदीले रङ घोलिएको पानी बाल्टिनले खन्याउने क्रममा आविस्कार बाल्टीसँगै छतबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् । छतबाट खसेर गम्भीर घाइते आविस्कारलाई चिकित्सकले बचाउन सकेनन् ।

होलीमा ८१ जना कारवाहीमा

यसैबीच, होलीको दिन बिहीबार पोखरामा ८१ जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष सुरक्षा योजना लागू गर्दै कडाईका साथ चेकिङ गर्दा ५१ वटा सवारीसाधनसहित ८१ जनालाई कारवाही गरेको हो । कारवाहीमा पर्नेमा ६ महिला र ७५ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अनलाईन खबर