फागुन १५,
२०७४ काठमाडौंस् पछिल्लो ७ दिन कारोबार हुँदा झण्डै ५४ अंकले ओरालो लागेको नेप्से मंगलबार कारोबारको पहिलो एक घण्टा भने सुधार देखिएको छ। ११ बजेदेखि कारोबार सुरु भएकोमा सवा १२ बजेसम्मको अवधिमा अधिकतम १।५५ अंकले उकालो लागेको छ। अहिलेसम्म ुकु वर्गका कम्पनीको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स झिनो अंकले उकालो लागेको छ। ९७ कम्पनी कारोबारमा आइसकेका छन् भने १७ करोड ४७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। नेप्सेमा सबै भन्दा ठूलो प्रभाव पार्ने वाणिज्य बैंक अन्तर्गतका परिसूचक उकालो लागेको छ। त्यस्तै विकास बैंक, जलविद्युत, वित्त र विमा अन्तर्गतका परिसुचक भने ओरालो लागेका छन् ।