प्लाष्टिक कम्पनी प्रतिबन्ध, फोहोर गर्ने उद्योगलाई कारबाही

245
????????????????????????????????????

फागुन १५,
भक्तपुर । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य वस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध गर्ने बताएका हुन्। नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयात गरिएका सामानहरूमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको भन्दै अब आयात हुने सामानको ल्याब परीक्षण गरी तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रिने उनले दाबी गरे। उनले बैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी साधन चलाउन पाउने बताए। हरियो स्टिकर टालेको सवारी साधन समेत प्रदुषणमय भेटिएको भन्दै अब त्यस्ता सवारी साधन परिक्षण गर्ने कर्मचारीको नाम समेत उल्लेख हुने र प्रदुषणयुक्त फेला परेमा सवारी धनी र कर्मचारीलाई समेत कारबाही गरिने हुने बताए भयो। त्यस्तै वातावरणको ख्याल नगरि कानुन मिच्दै निश्चित व्यक्तिले फाइदा लिई रहेको इटा(भट्टाहरूलाई समेत वातावरणमैत्री बनाउने र गलत रहेकालाई तत्कालै कारबाहीको दायरमा ल्याउन लागेको बताए। विश्वको पाँचौ प्रदुषण भएको राजधानीका रुपमा परिचित काठमाडौंलाई अवको १ वर्षमा माक्समाण्डुबाट काठमाडौं बनाउने तर्फ अग्रसर रहेको बताउँदै उनले हाल उपत्यका भित्र २०(४० रुपैयाँमा प्रयोग भइरहेको माक्स मनको सन्तुष्टिका लागि मात्र प्रयोग भइरहेको र उपत्यकाको वातावरण अनुसार न्यूनतम २५ सय देखि ३ हजार रुपैयाँको माक्स आवश्यकता रहेको समेत बताए। वातवरण प्रदुषण गर्न लागिपरेका केही ठूला होटल र उद्योगहरूलाई समेत कारबाही गरिरहेको र अन्यलाई समेत कारबाही गरिने उनले बताए। एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सञ्चालन गरी वातावरण प्रदुषण गर्नेलाई कारबाहीको दायरामा ल्याउने र आवश्यकता अनुसार सरकारले कानुनी दायरमा रहेको उद्योगलाई वातावरण मैत्री उद्योगको विकास तर्फ लाग्ने बताए। उनले फोहोर गर्नेलाई सामाजिक स्तरबाट कारबाही गरिनु पर्ने भन्दै सभ्य र सफा समाज निर्माणमा स्वयम आफ्नो भूमिका सम्झे मात्र सफाई अभियानले सार्थकता पाउने बताए ।