यस्ता छन् उद्योग वाणिज्य महासंघका उम्मेद्वारहरु

395

चैत्र २२, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत्र २९ हुने निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र किशोर कुमार प्रधान उपाध्यक्षहरुमा उद्योग वाणिज्य समुहबाट दिनेश श्रेष्ठ र प्रमोद श्रेष्ठ, वस्तुगत समुहबाट उमेशलाल श्रेष्ठ, शङ्कर प्रसाद पाण्डे र अनुप बहादुर मल्लले उम्मेद्वारी दिएका छन् । एशोसियट तर्फबाट भने चन्द्र प्रसाद ढकाल निर्विरोध निर्वाचित हुने भएका छन् । एशोसियटको उपाध्यक्षमा ढकालको मात्र उम्मेद्वारी परेको हो ।
५९ सदस्यको लागि १०३ जनाको उम्मेद्वारी परेको छ । जिल्ला नगर तर्फ १८ सदस्यको लागि २९ जना प्रदेश तर्फ ७ प्रदेशबाट १ / १ जनाको लागि १५ जनाको उम्मेद्वारी परेको छ भने संस्थापक सदस्यबाट अभिनाश बोहरा निर्विरोध निर्वाचित हुने भएका छन् । वस्तुगत तर्फ १४ सदस्यको लागि २७ जनाले उम्मेद्वारी दिए भने एशोसियट तर्फ १९ सदस्यको लागि ३१ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । द्विराष्ट्रिय तर्फ भने अजय मुडभरीको मात्र उम्मेद्वारी परेको छ ।
उम्मेद्वारको पूर्ण विवरणको लागि
यहाँ क्लिक् गर्नुहोस्