Wednesday, October 7, 2026
Home Uncategorized लोकतान्त्रिक फोरममा प्रवेशको लहर, २३ गते संसदमा भएकै दल बीच एकिकरण हुँदै

लोकतान्त्रिक फोरममा प्रवेशको लहर, २३ गते संसदमा भएकै दल बीच एकिकरण हुँदै

429

चैत्र २१,काठमाडौं
हिजो आइतबार नयाँ शक्ति नेपालका केन्द्रिय सहसंयोजक महेश कोर्मोचाको नेतृत्वमा ३२ जना केन्द्रिय नेता सहित नेपाल लोकतान्त्रिक फोरममा १ हजार नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका अध्यक्ष विजय गच्छदारले पर्सि २३ गते हाल संसदमा प्रतिनिधित्व गर्ने पार्टीलाई पनि भित्र्याउने भएका छन् ।
राजधानीमा पर्सी हुने कार्यक्रमको तयारी लगभग पूरा भए पनि त्यसको जानकारी भोली (मंगलबार) मात्र सार्वजनिक गरिने भएको छ । मधेशमा मात्र बलियो संगठन भएको लोकतान्त्रिक फोरमले यस अघि नै पहाडि जिल्ला काभ्रेमा आफ्नो बलियो उपस्थिति देखाइसकेको थियो भने अब पहाड हुँदै सगरमाथाको जिल्ला सोलु सम्मको यात्रा तय गरेको छ ।


सोलुखुम्बुका नयाँ शक्तिबाट प्रवेश गरेका नेता सोनाम छिरिङ् शेर्पाको पहलमा ओखलढुङ्गाका पुराना काँग्रेस नेता एवं नयाँ शक्तिका सहसंयोजक महेश कोर्मोचा जस्ता राजनीतिक इतिहास भएका नेता, कृष्ण प्रसाद न्यौपाने, केदार शाक्य, मीन प्रसाद खतिवडा र रामचन्द्र श्रेष्ठ जस्ता प्रशासनिक अनुभव भएका नेताहरु, रामेश्वर ढकाल, देव लिम्बु, प्रकाश ढकाल, डिएम पुर्वाछाने, सानु लामा, भूमि आचार्य, जस्ता जुझारु युवा नेताहरु, दिलमाया जिआर, सीता श्रेष्ठ, शशिकला नेगी, जस्ता महिला नेतृहरुका साथै लाल बहादुर अर्याल, चन्द्रकला चाम्लिङ्ग मात्र होइन ८५ वर्षिय तामाङ् समुदायका पहिलो मन्त्रि तिलक बहादुर नेगी समेत लोकतान्त्रिक फोरममा प्रवेश गरे ।

यस्तै पृष्ठभूमि रहेका केन्द्र देखि जिल्ला तह समुहका नेताहरुको आगमनले आफ्नो पार्टी अब ७५ वटै जिल्लामा संगठन पुर्याउन बल पुगेको अध्यक्ष गच्छदारले नवप्रवेशी नेताहरुको सम्मानमा आज पार्टी कार्यलयमा आयोजित बैठकलाई संवोधन गर्दै आफ्नो विचार व्यक्त गरेका छन् ।