युवा संघले काठमाडौमा सरकारी गाडी जलायो

337

काठमाडौ । नेकपा एमाले निकट युवा संघले आफ्ना कार्यकर्ताको माथी आक्रमण हुन थालेको भन्दै राजधानीको बानेश्वरमा सरकारी गाडीमा आगलागी गरेको छ । अर्को एउटामा तोडफोड भएको छ । शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको हो । अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ । गाडी रोकेर तोडफोड गरेको चालकले बताए । प्रहरी युवा संघका कार्यकर्ताले आगो लगाएको भनेको छ । यता युवा संघका प्रवक्ता प्रभात विक्रम कटुवालले भने आफूहरुले आगजनी नगरेको बताए । ‘हाम्रो विरोध कार्यक्रम थियो, तर आगजनी गर्ने कुनै कार्यक्रम थिएन । कसैको घुसपैठ भएको छ,’ कटुवालले भने ।