Sunday, September 27, 2026
Home प्रवास बेलायतमा लिम्बु भाषामा हाजिरी जवाफ र वक्तित्व कला कार्यक्रम सम्पन्न

बेलायतमा लिम्बु भाषामा हाजिरी जवाफ र वक्तित्व कला कार्यक्रम सम्पन्न

544

अल्डरसट । गत २६ मार्च २०१७ तदनुसार सनिबार अल्डरसट एम्पायर हलमा पहिलो आईतिहसिक लिम्बु भाषामा हाजिरी जवाफ र बक्तिप्त्व कला प्रतियोगिता गरेर किराँत याक्थुङ्ग चुम्लुङ्ग महिला समिति बेलायतले राम्रो कामको सुरुवात गरेको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि किराँत याक्थुङ्ग चुम्लुङ्ग युकेको केन्द्रिय अधक्क्ष काजिमान याक्सो र बिशेष अतिथि जनजाति महासंग बेलायतको अधक्क्ष तुल छन्त्यालले दिप प्रजलन गरेर गरेका थिए । कार्यक्रमको उद्घाटन पनि संस्थाकी उपाधक्क्ष मन माया नेम्बाङ्गले स्वागत मन्तप्य राख्दै सबैलाई स्वागत गरेकी थिईन् ।
बेलायतका बिभिन्न क्षेत्रमा खोलिएका ११ शाखाबाट ३,३ जनाको समुहमा दिदीबहिनीहरु हाजिरी जवाफमा भाग लिन आएका थिए भने बक्तिप्त्वकलामा तेस्तै ७ शाखाबाट ७ जना दिदीबहिनीहरु आएका दिदि थिए । हाजिरी जवाफमा लिम्बु सम्बन्धिका मौलिक खानपिनका कुरोहरुको नाम, लिम्बु पहिरन र गरगहाना, याक्थुङ्ग चुम्लुङ्ग सम्बन्धी समसामयिक प्रश्न र मुन्धुम र ईतिहास सम्बन्धिका प्रश्नहरु सोधिएका थिए ।
कार्यक्रमको दोस्रो चरणमा बक्तिप्त्वकला प्रस्तुत गरिएको थियो, तेसैगरी बक्तिप्त्वकला प्रति पहिलो दोस्रो र तेस्रो हुने दिदीबहिनीहरुलाई लिम्बु मौलिता झल्किने ढाकाको सल ओढाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो । हाजिरी जवाफमा बिजयी हुने साखा साखाका दिदीबहिनीहरुलाई पनि क्रमस बिभिन्न पुरस्कार साथै प्रमाण पत्र प्रदान गरिएको थियो ।
उक्त्त कार्यक्रममा बेलायतमा स्थापित दिदि बहिनीहरुले गरेका योगदनहरुलाई कदर गर्दै धेरै दिदीबहिनीहरुलाई कदर पत्रद्वारा सम्मान पनि गरिएको थियो ।
जनजाती महासंगका अधक्क्ष तुल छन्त्याल र प्रमुख अतिथि किराँत याक्थुङ्ग चुम्लुङ्ग् युकेका केन्द्रिय अधक्क्ष काजिमान याक्सोले आफ्ना बोल्ने क्रममा आफ्नो आफ्नो भाषा संस्कार संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमहरु हरेक बर्ष गर्नु अत्यन्त जरुरि रहेको कुरोमा प्रकाश पर्दै त्यो दिनका बिजेता दिदीबहिनीहरुलाई बधाई ज्ञापन गरेका थिए । बक्तिप्त्वकलाका निर्णायक मण्डलमा नर कुमारी लिम्बु, कृष्ण हेम्बेवा, सुबर्ण नेम्बाङ्ग, दिल सम्बाहान्फे र गणेश ईजम थिए ।
अन्त्यमा उक्त कार्यक्रमको सभा अधक्क्ष नेत्र कला लिम्बु युमाले कार्यक्रमको बिट मार्दै प्रमुख अतिथि, बिशेष अतिथि र कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक रुपले सघाउनु हुने र अन्य सम्पूर्ण आमन्त्रित अतिथि लगायत उपस्थिति जनाई सहयोग पुर्याउनु हुने सबै सबैलाई एक मुस्ट हार्दिक आभार व्यक्त गर्दै प्रतियोगी दिदि बहिनीहरुले सोचे भन्दा राम्रो प्रस्तुति दिनु भएको कुरोमा प्रकाश पार्दै बिजियी दिदि बहिनिहरुलाई बधाई दिनु भएको थियो ।