छुवाछुतको अपराधमा कानुनी उपचार खोजौंः दलित अधिकार कर्मी

382

लाल बहादुर विक
चैत १७,
काठमाडौं । दलित समुदाय माथी हुने विभेदका घटनाहरु प्रति दलित अधिकार कर्मीहरुको चासो बढ्दै गएको छ । दलितहरु माथि हुने हिंसा कम गर्न र उनिहरुलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न सजिलो पार्नुका साथै सजिलै संग प्रहरि संग मुद्घा दर्ता गर्न सक्ने उनिहरुको मनसाय बढाउन यसले एकदमै मद्दत गरेको छ । पहिले गाउघरमै मिलाईने जातिय विभेद विरुद्घका मुद्घाहरु पछिल्लो समय कानुनि दायरा आउने क्रम बढ्दै गएको छ । केही दिन अगाडी हेटौंडाकी ३८ वर्षिय सुमित्रा विक (सार्की) लाई पानि भर्ने क्रममा दलित आफ्नो पानी छुईदिएको भन्दै सोहि ठाँउकी २४ वर्षिय अनिता राईले उनलाई हात÷खुट्टा भाँचिने गरि कुटपिट गरेकी थिईन । यो मुद्घालाई प्रहरिमा दर्ता गराउन खोज्दा प्रहरिले छुवाछुतको मुद्घा दर्ता नगरी सामान्य कुटपिटको मुद्घाको रुपमा मेलमिलाप गराएको थियो । यो विषयमा दलित अधिकारकर्मी सरु सुनाले थाहा पाए पछि उनि आफै हेटौंडा पुगेर घटनाको बारेमा बुझी राष्ट्रिय दलित आयोगमा उजुरी गराएकी थिईन । त्यस पश्चात राष्ट्रिय दलित आयोग, राष्ट्रिय मानव अधिकार आयोग, प्रहरी प्रधान कार्यलय बाट संयुक्त टिम दुबै पक्ष र प्रशासनमा छलफल गर्न हिजो हेटौंडा पुगेको थियो । प्रहरी एसपी दिल्ली गएकोले छलफल भने हुन नसकेको र अब छिट्टै पिडितले न्याय पाउने सुनार जानकारी दिए । यसै विषयको कुराकानीका क्रममा सुनारले भनिन् “म आफै केही गर्न नसकेनी सरोकारवाला संग पुगि उनिहरुलाइ झकझकाउने र सम्बन्धित निकाय सम्म घटना पुर्याउन सधै लागिरहने बताउदै उनले भनिन् दलित समुदायको मुक्तीको लागि कलम र आवाज जस्तोसुकै परिस्थितिमा पनि उठाउने दावि समेत गरेकी छिन । साथै उनले आफु माथि भैरहेका अमानविय घटनाहरु गाँउमै नमिलाई कानुनी दायरामा ल्याउन सबैलाई आग्रह समेत गरेकी छिन ।