अझै विवेद र हिंसा खेप्न बाध्य छन् महिलाहरु

740

लाल बहादुर विक
चैत १५,
अछाम । दुरदराजका महिलाहरु अझै विवेद र हिंसा खेप्न बाध्य छन् । अछामका दुरदराजका महिलाहरु अझै विवेद र हिंसा खेप्न वाध्य भइरहेको पाईएको छ । जिल्लामा महिला अधिकारको क्षेत्रमा विभिन्न संघ संस्थाहरु कार्यरत भएपनि महिलाहरु अधिकारको बारेमा अनविज्ञ छन् । अछाम जिल्लामा महिला हिंसा सामाजिक समस्याको रुपमा जरो गाडि बस्दै आएईरहेको छ ।
अछाममा महिला अधिकारको क्षेत्रमा विभिन्न संघ संस्थाहरु कार्यरत छन् । जिल्लामा विगतको भन्दा हाल महिला अधिकारको क्षेत्रमा केहि मात्रामा सुधार आए पनि दुर दराज गाउँ वस्तिका महिलाहरु भने महिला अधिकारको विषयमा अझँै अनविज्ञ रहदा महिला विभिन्न विवेद र हिंसा सहेर वस्न बाध्य रहेका छन् । महिला अधिकारको अवस्था सुधार उन्मुख रहेको बताउदै ज्योती साउँदले बताए । नेपालमा बोक्सीको आरोप, बलात्कार, बहुविवाह, वालविबाह, बेचबिखन तथा ओसारपसार र घरेलु हिंसा यौन दुव्र्यवहार गर्भपतन, छाउपडि कुप्रथा जस्ता महिलाहरु संग सम्बन्धि विभिन्न हिंसाका घटना हुने गरेका अवस्थामा अछामका महिलाहरु पनि यस्ता घटनाको सिकार हुने गरेका छन् । यस्ता घटनाहरु सामाजिक अगुवाबाट नै हुने गरेको बताउदै महिला अधिकारर्मी निर्मला साउँदले सुगम ठाउँका महिलाहरु आफ्ना अधिकारहरुका बारेमा जानकार भएपनि गाउँ घरका महिलाहरु अझै पनि आफ्ना अधिकारका बिषयमा अनबिज्ञ रहेको र महिलाहरुलाई शिक्षाको पहँुचमा पुर्याई जागरुक गर्न आवश्यक रहेको शिक्षिका कुन्ता शाहको भनाई छ ।
महिला अधिकारको कार्यान्वयन र महिलाहरु माथि हुने विभिन्न विवेद, हिंसा न्युनिकरणका लागी महिला तथा वालवालिका कार्यालय अछामले पनि काम गर्दै आईरहेको छ । महिला अधिकारको वारेमा जानकार महिलाहरु अगाढी वढे पनि जानकार नभएका महिला अझै पछाडि परिरहेको महिला विकास कार्यालय अछामका प्रमुख भगवती अर्यालले बताए । आजको एक्काइसौं शताब्दीमा पनि महिलाहरु चुलो चौकामा मात्र सीमित रहनु दुःखद कुरा हो ।
महिलाहरु राज्यका हरेक निकायमा काम गर्न सक्षम छन् भन्ने उदाहरण त सभामुख र राष्ट्रपतिको निर्वाचनले पनि देखाइसकेको छ । तर विकट पहाडी क्षेत्रका महिलाहरु भने अझै विभिन्न किसिमका हिंसा र आफ्ना अधिकारहरुलाई कुन्ठित पार्न बाध्य भई चुलो चौको मै जिवन गुजारा गरिरहेका पाईन्छन् ।