Sunday, September 27, 2026
Home Uncategorized गोलीले चिनाएको मनोजलाई गोलीले नै सकायो

गोलीले चिनाएको मनोजलाई गोलीले नै सकायो

248

फागुन ९,
काठमाडौं । पछिललो समय नेपालमा चर्चित मनोज पुन भैरहवाको खैरेनीस्थित सुकुम्बासी बस्तीबाट उदाइएका गुण्डा हुन् ।
असोज २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित खरिबोटमा निर्माण व्यवसायी शरद गौचनमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले रुपन्देहीका ब्यवसायीलाई फोन गरेर ‘गौचनलाई मेरो केटाहरुले गोली हानेको हो, तिमीहरु पनि बिचार गर्नु १’ भनेर फोन गरे । धम्की दिए ।
२०७३ पुस पहिलो साता रुपन्देहीका दुर्गा तिवारी र गत पुस २१ गते रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनि मनोज पुनकै हात रहेको खुलेपछि उनी केन्द्रिय अनुसन्धान ब्यूरोको सर्वाधिक खोजी सूचिमा थिए । यसैमा बुधवार बिहान मनोज र उनका सहयोगी सोम आलेलाई प्रहरीले रुपन्देहीको देवदहमा इन्काउन्टर गरेको समाचार आयो । इन्काउन्टरमा मारिएका मनोज पुनमाथि १२ गोली लागेको पाइएको छ ।
पुन र उनका सहयोगी सोम बहादुर आले घटनास्थमै मारिएका छन् । प्रहरीका अनुसार मनोज पुनलाई १२ गोली लागेको छ ।
अगाडीको भागमा ८ वटा गोली लागेका छन् । बायाँ तिघ्रामा २ वटा र पछाडि ढाडमा १ वटा गोली लागेको छ । उता दायाँ हातको पाखुरामा १ गोली लागेको प्रहरी मुचुल्कामा छ।त्यसै गरी सोम बहादुर आलेलाई १० गोली लागेको छ । उनको छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी १० गोली लागेको छ ।