भिरबाट खसेर ९ बर्षिय बालकको ज्यान गयो

193
सांकेतिक तस्विर

लाल बहादुर विक
चैत १५,
अछाम । मङ्गलसेन नगरपालिका वडा नम्वर १ कुन्तिवण्डालि ढुङ्गानिमा एक ९ वर्षिय बालकको भिरबाट खसेर ज्यान गएका ेछ । मंगलसेनका स्थानिय नेत्र साउँदका छोरा तपेन्द्र साउँदको लेकबाट गाउँ तर्फ आउने क्रममा अप्ठ्यारो भिरको बाटोमा लडेर मृत्यु भएको हो । भिरको बाटो अप्ठ्यारो भएका कारण एक्कासि बाटोदेखि करिब २०० मिटर तल खसेका साउदकोे घट्ना स्थलमै ज्यान गएको आफन्तले जानकारी दिएका छन् । मृतकख ९ बर्षिय बालक स्थानीय जाल्पा आधारभूत बिध्यालयमा कक्षा २ मा अध्यनरत थिए ।