कमलबजार नगरपालिकामा राप्रपाको वडाभेला सम्पन्न

288

लालबहादुर विक
चैत १४,
अछाम । राप्रपा अछामको कमलबजार नगरपालिका अन्र्तगत वडानम्वर १ मुलीमा वडाभेला सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला कमिटी सदस्य शेर बहादुर बिष्ट रहेका छन् ।
बिशिष्ट अतिथीमा जिल्ला कमिटी सदस्य दुर्गा रावल रहेका थिए ।
वडा भेला मार्फत ओम प्रकाश जोशीको अध्यक्षतामा २१ सदस्यिय वडा समित चयन गरिएको छ । जसको उपाध्यक्षमा मेयर सिंह भाट, सचिवमा गिरजा प्रसाद ढकाल लगायत अरु सदस्य चयन गरिएको छ । अन्य अतिथीमा नगर समिती अध्यक्ष तपेन्द्र ढकाल, महिला प्रतिनिधी कमला बिष्ट, दलित प्रतिनिधी अमर सिंह नेपाली लगायतले बोलका थिए ।
थियो । कार्यक्रममा राप्रपा अन्य नेता तथा कार्यकर्ताहरुले समेत सहभागीता जनाएको जिल्ला सह सचिव बेदराज न्यौपानेले जानकारी दिए ।