चाँगुनारायण नगरपालिकाले किन यस्तो अनुरोध गर्दै छ

1079

चैत २९,
भक्तपुर । चाँगुनारायण नगरपालिकामा वैदेशिक भ्रमणबाट फाल्गुन २५ गते पछि फर्कीएका सबैलाई कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिने बताएको छ । अहिलेसम्म परीक्षण गरिएको मध्ये ४३ जनाको परिणाम नेगेटिभ आएको छ । अरुलाईपनि परिक्षण गरेर ढुक्क हुन नगरप्रमुख सोम प्रसाद मिश्रलले अनुरोध गरेका छन् । परिक्षण नगरेकाहरुलाई पनि भक्तपुर अस्पताल पुगेर परिक्षण गर्न नगरपालिकाले आग्रह गरेको छ ।

भक्तपुर अस्पताल परिक्षण हुने र आउन जान साधन वा अन्य कुनै असुबिधा भए नजिकैको जनप्रतिनिधि , स्वास्थ्यकर्मि , सुरक्षाकर्मी सँग सम्पर्क समेत नगर प्रमुख मिश्रले आग्रह गरेका छन् । घरमै बसौं , आँफु बचौं , अरूलाई पनि बचाऔं , याद गरौं यो अवस्था अशक्त , विपन्न र असहायहरुलाई सहयोग गर्ने बेला हो । सचेत बनौ् , मानवीयता प्रदर्शन गरौं भन्ने सन्देश समेत मिश्रले दिएका छन् ।