जलेर बालकको मृत्यु

245

चैत १२, त्रिशूली।
नुवाकोटको गेर्खुमा दुई वर्षीय बालकको आगोमा जलेर मृत्यु भएको छ । विदुर नगरपालिका–११ गेर्खुका शम्भु नेपालका छोरा सुशील नेपाल जलेर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा कान्ति बाल अस्पताल, काठमाडौँमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
शुक्रबार अपराह्न ३ बजे झाप्रीमा सुतिरहेका सुशीललाई उनका तीन वर्षका दाजु समीरले खेल्ने क्रममा झाप्रीमा अगुल्टो लगाइदिँदा लागेको आगोमा परी गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक कँडेलले बताए।