सात वर्षको बच्चाको कमाई दुई अर्ब ४७ करोड

145

मंसिर १८,
सात वर्षको एउटा बच्चाले कति कमाउन सक्ला ? तपाईं भन्नुहोला कि यति सानो उमेरमा बच्चाले के नै काम गर्न सक्लान् ?
तर रेयान नामका सात वर्षे बालक युट्युबमा खेलौनाको रिभ्यु गर्छन् र यसको बदलामा उनका आमा–बुवाले राम्रो पैसा कमाइरहेका छन् ।

रेयानले गत वर्ष ११ मिलियन डलरको कमाई गरेका थिए जुन अहिले बढेर २२ मिलियन डलर ९दुई अर्ब ४७ करोड रुपैयाँ० भएको छ ।युट्युबमा रेयानको भिडियो करोडौंले हेर्छन् । रेयान ट्वेजरिभ्यु नामबाट एउटा युट्युब च्यानल चलाउँछन् । गत वर्ष वासिङ्टन पोस्टलाई दिएको एक अन्तर्वार्तामा रेयानकी आमाले भनेकी थिइन्, ‘छोरा तीन वर्षको हुँदा युट्युब च्यानल बनाउने सोच आयो । रेयान निकै सानो हुँदादेखि नै खेलौनाको रिभ्यु देखाउने च्यानल निकै हेर्दथे ।’

रेयानकी आमाले आफ्नो पहिचान गोप्य राख्ने शर्तमा भनेकी थिइन्, ‘एक दिन रेयानले मलाई म अरुबच्चा जस्तै किन युट्युबमा छैन भनेर प्रश्न गरे । र त्यतिबेला हामीले हामी यस्तो गर्न सक्छौं भन्यौं । हामी खेलौनाको पसलमा गयौं, एउटा लिगो ट्रेन खरिद गर्यौं र यहीँबाट सुरुवात गर्यौं ।’