काभ्रेपलाञ्चोकमा ४५ प्रतिशतमा क्षयरोगको सङ्क्रमण

388

चैत ११, काठमाडौं ।
काभ्रेपलाञ्चोकको ४५ प्रतिशत जनसङ्ख्या क्षयरोगबाट सङ्क्रमित भएको अनुमान गरिएको छ । क्षयरोग दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलले आज धुलिखेलमा आयोजना गरिएको क्षयरोग सम्बन्धी अन्तक्र्रियामा सङ्क्रमितमध्ये ६० प्रतिशत युवा र वयस्क देखिएको जनाएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा एक सय ५८ जनामा क्षयरोग पत्ता लागेको र ती मध्ये १८ जनामा सर्ने खालको रोग देखिएको छ । जिल्लामा अहिले दुई जना बहुऔषधि प्रतिरोध (एमडीआर) का बिरामी उपचारका क्रममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।
कार्यालयका क्षयरोग तथा कुष्ठरोग शाखाका अधिकृत राजाराम अधिकारीले विगतको तुलनामा यो जिल्लामा क्षयरोगका बिरामीको दर घट्दो अवस्थामा रहेको बताए।जिल्लाको पाँचखाल, बनेपा, भकुन्डेबँेसी क्षेत्रमा सबैभन्दा बढी क्षयरोगका बिरामी छन्, उनले भने— दुर्गम क्षेत्रका विभिन्न १४ वटा स्वास्थ्य चौकीमार्फत बिरामीको निःशुल्क उपचार भइरहेको छ ।
क्षयरोगका बिरामीलाई पोषणका लागि रु ५०० वितरण गरेको जानकारी दिँदै जिल्लाको १४ वटा स्वास्थ्य चौकीमा खकार परीक्षण गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए। छाती दुख्नु, साँझपख ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल घटनु, खकारमा रगत देखापर्नु, दुई हप्ता वा सो भन्दा बढी लगातार खोकी लाग्नु क्षयरोगको लक्षण मान्निछ ।