मिसावट बिरुद्धको अभियान सञ्चालन

704

चैत ९,
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले दैनिक उपभोग्य बस्तुका साथै अत्यावश्यक उपभोगका सामानहरुमा हुने मिसावट बिरुद्व अभियान सञ्चालन गरेको छ । अन्र्तराष्ट्रिय उपभोक्ता दिवसको अवसरमा आपूर्ति मन्त्रालयको समन्वयमा प्रशासनले एक हप्तासम्म बिभिन्न उपभोग्य सामानको अनुगमन गरेको छ ।
‘गुणस्तरहिन बस्तु चाहिन्न, उपभोक्ताको स्वास्थ्य बिगार्न पाइन्न’ भन्ने नाराका साथ सञ्चालन भएको अभियान अन्र्तगत जिल्ला प्रशासनको नेतृत्वमा आपूर्ति मन्त्रालयका प्रतिनिधी, गुणस्तर तथा नापतोल विभागका बिशेषज्ञ टोली, जिल्ला प्राविधिक कार्यालयका प्राविधिक, सुरक्षाकर्मीलगायतको टोलीले भक्तपुरका बिभिन्न स्थानमा मासुजन्य वस्तु, खाद्य स्टोर, होटल र निर्माण सामग्रीको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिइन् ।
अनुगमनका क्रममा नापतौल विभागका बिशेषज्ञ टोलीले निर्माण सामग्रीको नमुना संकलन गरि परिक्षणका लागि लगेको र त्यसको प्रतिवेदन प्राप्त भएपछि सोही अनुरुपमा कानुनी प्रक्रिया अघि बढाइने होमागाईले जानकारी दिइन् ।
राष्ट्रव्यापी उपभोक्ता जागरण अभियान अन्र्तगत सञ्चालित कार्यक्रममा उपभोक्ता, उपभोक्ताको हकहितका लागि स्थापित संघसंस्था, सरकारी कार्यालय, सुरक्षाकर्मीलगायतको उपस्थितीमा प्रशासनले जनचेतनामुलक ¥यालीको समेत आयोजना ग¥यो । भक्तपुर नगरका बिभिन्न स्थानको परिक्रमा गरि टौमढीमा समापन भएको कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले खाद्य पदार्थमा मिसावट सामाजिक अपराध भएको बताए ।