साम्राज्ञी र सलिनमानको बोल्ड अबतार

521

काठमाडौं । साम्राज्ञ राज्यलक्ष्मी शाहको दोश्रो फिल्म ए मेरो हजुर २ु को पहिलो भिजुअल दृश्य बाहिर आएको छ । निर्माण कम्पनि सुहाना ईन्टरटेन्मेन्टले फिल्मको १ मिनेट लामो चल दृश्य समावेश एक सामग्री ईन्टरनेटमा रिलिज गरेको हो ।
जहाँ साम्राज्ञीलाई डेब्यू अभिनेता सलिनमान बानियाँसँग देख्न बोल्ड अबतारमा देख्न सकिन्छ । तिलिचो तालमा खिचिएका दृश्य सुन्दर देखिएका छन् । अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा फिल्म तयार भएको हो ।
औपचारिक प्रदर्शन मिति तय भइनसकेको फिल्मको पोस्टर तथा रिलिज मिति यहि चैत्र १३ मा सार्वजनिक गर्ने निर्माता सुनिलकुमार थापाले बताएका छन् । फिल्ममा सलोन बस्नेत पनि लिड अभिनयमा छन् ।