काँग्रेस र मधेशीदलबीच सरकार निमार्णको तयारी हुर्दै गरेको बिजुक्छें भनाई

252

चैत ६,
भक्तपुर। नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली काँग्रेस र मधेशी दलहरु बीच सत्ता समिकरण हुन सक्ने बताएक छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले अवको सत्ता समिकरणमा एमाले र एमाओवादी एकातर्फ हुने भन्दै नेपाली काँग्रेस र मधेशी दलहरु बीच सत्ताको समिकरण देखा पर्ने बताए ।
स्थानिय तहको निर्वाचनमा बैदशिक हस्तक्षेप नभए नेपालीको चाहना अनुरुप तोकिएको मितिमा हुने भन्दै उनले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भएता पनि सम्भव भएका स्थानमा निर्वाचन गरिनु पर्ने र बाँकि रहेको स्थानमा पछि निर्वाचन गर्न सकिने बताए ।
निर्वाचन आयोगले आचारसंहिता जारी गरेता पनि ठूला दलहरुले त्यसको पालना नगरेको भन्दै आचारसंहिता लागू गर्ने तर्फ निर्वाचन आयोगको ध्यान जानु पर्नेमा जोड दिनु भयो । सरकारमा सामेल दल देखि प्रतिपक्षले बिभिन्न बहानामा आचारसंहिता उल्लंघन गर्दा समेत निर्वाचन आयोगले केहि गर्न नसकेको टिप्पणी गरे ।
निर्वाचनको मुखमा जसरी स्थानिय निकायमा निर्वाचन अधिकृत खटाउने तयारी भएको छ, यसमा ठूलो मात्रामा आर्थिक चलखेल भएको भन्दै बिदेशि वा सत्तामा सामेल दलहरुले नै आफूले लाभ लिन आर्थिक चलखेल गरेको आरोप लगाए ।
सत्तामा सामेल भएको राप्रपाले सत्ताको दुरुपयोग गर्दै निर्वाचन आयोगको काममा प्रभाव पर्ने गरि सत्ता छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गर्नु गलत भएको भन्दै सरकारले निर्वाचन आयोगलाई प्रभावमा झेल्ने भन्दा पनि स्वतन्त्रपूर्ण निर्वाचन आयोगलाई काम गर्न दिनु पर्नेमा उनले जोड दिए ।
धार्मिक सद्भाव कायम राख्न राजनीतिबाट धर्मलाई अगल राख्नु पर्ने भन्दै उनले राप्रपालाई चुनाव चिन्ह गाई दिन नहुने बताए ।