बंगलादेशको राजधानी ढाकाकामा रेल चढ्न सानोतिनो ‘युद्ध’ लड्नुपर्छ

334

एजेन्सी । यदि तपाईंलाई भिडभाडको कारणले सार्वजनिक यातायात प्रयोग गर्न दिक्दार लाग्छ भने यी तस्वीरहरुले केही सान्त्वना दिन सक्छन् । तस्वीरहरु बंगलादेशको राजधानी ढाकाका हुन् ।
शहरबाट बाहिर जाने रेल चढ्नका लागि यति ठूलो संघर्ष गर्नुपर्छ कि पहाड चढ्न पनि यति संघर्ष नहोला १ गतिलो सीट पाउनु त परेको कुरा जसोतसो छतमा अडिन पाउनेहरुले पनि आफूलाई भाग्यमानी सम्झिनुपर्छ । छतमा पनि ठाउँ नपाउनेहरु साइडमा झुण्डिन्छन् ।
। पुरुष, महिला र बालबच्चाहरु युद्धमा होमिए जसरी १२ फिट अग्लो रेलको छतमा उक्लिन संघर्ष गर्छन् । यस्तो यात्रा जति जोखिमपूर्ण भए पनि उनीहरुसँग अर्को विकल्प हुँदैन किनकी भित्रका सिटहरुमा थोरै मान्छे अटाउँछन् ।
डकुमेन्ट्री निर्माता युसुफ तुसारले ढाका सिटी रेल स्टेसनमा दिनभरी बसेर त्यहाँको जात्रालाई क्यामरामा कैद गरे । उनी भन्छन्, ‘बिहान मानिसहरु काममा आउने बेला र बेलुका कामबाट फर्किने बेला यहाँ खपिनसक्नु भिड हुँदोरहेछ ।’
तुसारका अनुसार करिब २ हजार यात्रुहरु रेलको छतमा चढेर यात्रा गर्छन् । धेरै मानिसहरुलाई चढ्नका निम्ति सहयोग चाहिन्छ, या त भित्र रहेका व्यक्तिहरुबाट वा छतमा बसेकाहरुबाट, किनकी छत धेरै अग्लो छ ।