नेपाली सेनाको सुरक्षा घेरामा आजदेखि मतपत्र छापिँदैं

1214

चैत ६,
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि आजदेखि मतमत्र छपाइ सुरु गर्न लागेको हो । स्थानीय तह निर्वाचनका लागि आजदेखि मतपत्र छापिँदैछ । मतपत्र छापिसक्न ४० देखि ४२ दिन लाग्ने अनुमान गरिएको छ । मतपत्र छपाइको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले शनिबार नमूना मतपत्रको अवलोकन गरेपछि आइतबारदेखि औपचारिक रुपमा नै मतपत्र छाप्ने काम सुरु हुन लागेको हो । आज साँझबाट मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ । जिल्लामा दर्ता नभएका दलले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिन सक्नेछन् । आयोगमा एक सय १३ राजनीतिक दल दर्ता भएका छन् । मतपत्र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा छापिनेछ । आयोगले करिब एक करोड ४० लाख मतदाता हुने अनुमान गरी करिब एक करोड ६० लाख मतपत्र छपाइ छाप्न लागेको हो । आयोगले छ आकारमा ७५ जिल्लाका लागि ७५ वटै प्रकारका मतपत्र छाप्ने तयारी गरेको छ । आयोगका अनुसार काठमाडाँैं जिल्लामा सबैभन्दा बढी ४७ र मनाङमा सबैभन्दा कम ६ दल दर्ता भएका छन् ।