नायीका ऐश्वर्यको पिताको अन्तिम संस्कारमा बलिउडकर्मीको घुइचों

381

भारत। शनिबार राति करिब साढे ९ बजे ऐश्वर्य रायको पिता कृष्णराज रायको अन्तिम संस्कार चलिरहँदा बलिउडकर्मी भावुक देखिए ।
अमिताभ बच्चन परिवार सहित शाहरुख खान, रणबीर कपुर, रणधीर कपुर, फरहान अख्तर, आशुतोष गावारिकर, संजय लीला भन्साली लगायत बलिउडका केहि हस्ती कृष्णराजाको अन्तिम बिदाईमा सहभागी भएका थिए ।
पछिल्लो एक साताअघि मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका कृष्णराज राय उपचारको क्रममा शनिबार मध्यन्ह निधन भएको हो । आर्मीका रिटायर्ड बायोलोजिस्ट उनी क्यान्सर पीडित थिए ।