चामलको पिठो प्रयोग गरेर अनुहार चम्किलो बनाउनु होस्

1187

काठमाडौ । छालासँग जोडिएका कतिपय समस्यालाई घरमा नै सजिलै उपलब्ध हुने सामाग्रीबाट समाधान गर्न सकिन्छ । हाम्रो भान्छामा कतिपय यस्तो सामाग्री हुन्छन् जसको प्रयोग गर्न जानियो भने धेरै समस्यालाई समाधान गर्न सकिन्छ । यस्ता घरेलु उपायको मुख्य फाइदा भनेको साइडइफेक्ट नहुनु हो । साथै यसको लागि मोटो रकम खर्च गर्नुपर्ने आवश्यकता समेत पर्दैन । यस्तै सामाग्री मध्ये चामलको पिठो पनि एक हो, जसको प्रयोग त्वचासँग जोडिएका समस्याहरु समाधानको लागि गरिन्छ । आज हामी चामलको पिठो प्रयोग गरेर विभिन्न समस्याको समाधान गर्ने उपायको बारेमा जानकारी दिँदै छौँ ।
आँखा तल्लो भागमा देखिने कालो घेरालाई हटाउनको लागि
दुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा बदामको तेल राखेर फिट्ने । तयार भएको पेष्टलाई कालो घेरा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले समस्या समाधान हुन्छ ।
कालो दाग र मुसा आउने समस्याको लागि उपयोगी
चामलको पिठोमा एक चम्चा मह र ध्युकुमारीको जेल मिलाएर पेष्ट बनाउने । उक्त पेष्टलाई प्रभावित ठाउँमा लगाउने गर्नाले कालो दाग र आएको मुसा हराएर जान्छ ।
घामले डढेको छालाको कालो धब्बालाई हटाउन मद्दतगार
एक चम्चा चामलको पिठोमा कागतीका रस मिलाएर पेष्ट बनाउने । तयारी पेष्टलाई डढेको छालामा लगाएर सुस्क दिने र सुकिसकेपछि हल्का मनतातो पानीले धुने गर्नुपर्दछ ।
अनुहारमा देखिने बुढौलिपन हटाउनको लागि
चामलको पिठो जवान देखिने एक राम्रो सामाग्री हो । अनुहारमा कम उमेरमै बुढौलिपन देखिने नदिनको लागि अण्डामा चामलको पिठो मिलाएर त्यसमो दुई थोपा ग्लिसरीन राख्ने । यसरी तयार भएको प्याकलाई अनुहारमा लगाउने र सुकेपछि मनतातो पानीले धुने गर्दा अनुहारमा चमक आउनुको साथै जवान पनि देखिन्छ । ओएस नेपालबाट