तराईका जिल्ला बन्दले जनजीवन प्रभावित

415

फागुन २५, ,
काठमाडौं ।सप्तरीसहित, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु र बर्दियाका मुख्य बजारमा बन्दको प्रभाव परेको छ । सप्तरी घटनाको विरोधमा मधेसी मोर्चाले बुधबार दोस्रो दिन पनि तराई मधेसका जिल्ला बन्द गराएको छ । सप्तरीका बजार, कलकारखाना, शैक्षिकसंस्था पूर्ण रुपमा ठप्प छन् । मधेसी मोर्चा कार्यकर्ताहरुले बुधबार बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत पूर्व-पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर लगायतका बजार क्षेत्रमा प्रदर्शन गर्दै बन्द गराएका छन् । मोर्चाका कार्यकर्ताहरुले एमाले नेताहरु र प्रमुख निर्वाचन आयुक्तको घरमा तोडफोड समेत गरेका छन् ।
सप्तरी घटनाको विरोधमा आहृवान गरिएको बन्दले दोस्रो दिन पनि रुपन्देहीको भैरहवाको जनजीवन प्रभावित भएको छ । भैरहवा, धकधई, लुम्बिनी लगायतका क्षेत्रमा बन्दको प्रभाव परेको छ ।
बन्दकर्ताहरु भैरहवाको बुद्धचोकमा जम्मा भएका कारण लामो दूरीका सवारी साधन चल्न सकेका छैनन् । मोटरसाइकल चलाउन भने मोर्चाले छुट दिएको छ । छिटफुट रुपमा पसलहरु खुले पनि बैंक, वित्तिय संस्था, शैक्षिक संस्था, उद्योग कलकारखाना लगायत ठप्प छन् ।
त्यस्तै बेलहिया नाका हुँदै नेपाल आउने यात्रुहरु पनि नाकामा अलपत्र परेका छन् । यात्रुहरु रिक्सामा चर्को शुल्क तिरेर गन्तव्यमा जान बाध्य छन् ।
जिल्लामा अपि्रय घटना नहुन दिनका लागि रुपन्देही प्रहरीले जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ ।
यसैबीच, सुनसरी प्रहरीले गएराति पूर्वबाट पश्चिम जाने ४ सय बढी गाडी र पश्चिमबाट पूर्वका लागि छुटेका त्यत्तिकै संख्याका गाडीहरुलाई स्कर्टिङ गरी गन्तव्य तर्फ पुर्‍याएको छ । एमालेको मेची महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा आयोजित सभालाई बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।