अब प्रभु बैंकको एटिएम त्रिभुवन विमानस्थलमा

408

फागुन २५,
काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नाग्राहकहरुको सेवालाई ध्यानमा राख्दै आजदेखि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त एटिएमको उद्घाटन त्रिभुवन विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले एक समारोहका बीच गरेका हुन् ।
विमानस्थलको आन्तरिक टर्मिनल भवनमा सञ्चालित बैंकको एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्नेछन् ।