स्व.मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार बुढाथाकीलाई

308

पुस २३,
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरको २० औ स्थापना दिवसको अवसरमा महासंघ भक्तपुरले प्रदान गर्दै आएको स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार एक कार्यक्रमको बिच प्रदान गरीएको छ ।
शनिबार आयोजित कार्यक्रममा सहरी विकास राज्य मन्त्री मिठ्ठु मल्लले रेडियो नेपाल र नेपाल समाचारपत्रमा कार्यरत पत्रकार पुस्कर बुढाथोकीलाई यसवर्षको स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्काबाट सम्मान गरेकी छिन् ।
त्यसैगरि स्थापना दिवस कै अवसरमा मध्यपुरथिमि नगरपालिकाको सहयोग, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको प्राबिधिक सहयोग र पत्रकार महासंघ भक्तपुरको आयोजनामा भक्तपुरमा कार्यरत ६५ जना पत्रकारहरुको निःशुल्क मिर्गौला परीक्षण गरिएको छ ।