Saturday, September 26, 2026
Home Uncategorized रवीन्द्र मिश्रको पार्टीमा मुमाराम खनालदेखि भावना घिमिरेसम्म

रवीन्द्र मिश्रको पार्टीमा मुमाराम खनालदेखि भावना घिमिरेसम्म

322

फाल्गुण १७,
काठमाडौं । बीबीसी नेपाली सेवामा लामो समय विताएका रवीन्द्र मिश्रले सेवाबाट राजीनामा दिएर नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । उनले नयाँ पार्टी घोषणाको सार्वजनिक तयारी गर्दै बीबीसी नेपाली सेवाबाट राजीनामा दिइसकेका छन् । उनले आजै विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् । स्रोतका अनुसार उनको पार्टीमा डा। सूर्यराज आचार्य, पूर्वसचिव किशोर थापा, मुमाराम खनाल, अधिवक्ता ओम प्रकाश अर्याल, नेपाल क्रिकेट एशोसियसनकी पूर्व सीईओ भावना घिमिरे, निरुपमा यादव लगायत मिश्रको पार्टीमा संलग्न रहेको स्रोतले जानकारी दियो ।
त्यसबाहेक पनि उनको पार्टीमा अन्य चर्चित व्यक्तिहरू रहेको स्रोतले जानकारी दियो । तर उनले नामावली भने सार्वजनिक गरेका छैनन् ।