संविधान कार्यान्वयन नभए मुलुकमा विखण्डनकारी शक्ति बलियो हुन्छन्ः नेता बडुँ

160

पुस १४,
भक्तपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडुँले संविधान कार्यान्वयन हुन नसके मुलुकमा विखण्डनकारी शक्ति बलियो हुने बताएका छन् ।
४० औं मेलमिलाप दिवसको अवसरमा विहिबार भक्तपुरमा आयोजित राज्यमा विधिको साशन विषयक विचार गोष्ठीमा बोल्दै नेता बडुँले राष्ट्रिय एकता बचाउन र जनताको सम्प्रभुता कायम राख्न संविधान संशोधन जरुरी रहेको प्रष्ट पारे ।
संसद अवरुद्ध गर्नु भन्दा पनि खुलाएर एमालेले असहमति संसदभित्र राख्नु पर्ने भन्दै उनले भने ‘संसदको अवरोध र सडकको आन्दोलन गलतबाटो हो । ’
कार्यक्रममा बोल्दै उनले भने ‘नेपालमा संविधान कार्यान्वयन हुन नदिने खेल भइरहेकाले सबै सचेत हुन् जरुरी छ’ ।
राष्ट्रिय एकताकोलागि मधेस, पाहाड र हिमालका सबै मिल्नु पर्ने भएकाले सबैलाई एकजुट समेत उनले आग्रह गरेका छन् ।
संविधानको कार्यान्वयनको आधारशिला नै स्थानीय निर्वाचन भएकाले त्यो निर्वाचन मुलुककोमा आवश्यक भएको नेता बडुँको भनाई रहेको छ ।
जनताको संविधान बनाउन पार्टीले कहिल्यै राजा त कहिल्यै वामपन्थीसंग नजिक भएको समेत उनले बताए ।
जनताको लागि २००७ सालमा राजासंग, २०४६ र २०६२ सालमा १२ बुदेँ सहमति गर्दा वापन्थीसंग कांग्रेस नजिक भएको धारणा राखेका छन् ।
कार्यक्रममा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले दलहरु सहमतिको नजिक पुगेकाले आगामी बैशाखको पहिलो वा दोस्रो हप्तामा मुलुकमा स्थानीय निर्वाचन हुने बताए । विपि चिन्तन प्रतिष्ठान भक्तपुरले आयोजना गरेको कार्यक्रममा सांसद रामेश्वर ढुंगेल कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा लगायतले लोकतन्त्रलाई बलियो बनाउन सबै एकजुट हुने पर्ने धारणा राखेका छन् ।