Monday, September 21, 2026
Home Uncategorized म बौलाएँ भन्दै सडकमै

म बौलाएँ भन्दै सडकमै

241

एजेन्सी । मान्छे बौलाएपछि कस्को के लाग्छ र रु अब बौलाएकै घोषणा गरेर कामकुरो गर्न थालेपछि देखिनसक्नु हुँदो रहेछ । अमेरिकामा यस्तै भएको छ । एक ३५ वर्षका पुरुषले मूल सडकको छेउँमै सबैले देख्ने गरी प्लास्टिकको हावा भरिने गुन्द्रीसँग सम्भोग गरिरहेको अवस्थामा पक्राउ परे ।
एडविन टोबर्गटा नामकी ती पुरुष गएको वर्ष पनि आफ्नै घरको अगाडि केटाकेटीहरुलाई देखाएर यस्तै प्लास्टिकको म्याट्रेससँग यौनक्रिडा गरिरहेको अवस्थामा पक्राउ परि ११ महिना जेलको हावा समेत खाएका थिए । जेल सजाय भुक्तान गरेर समेत उनको बानी सुध्रिएन र फेरि उनले सार्वजनिक सडकमै यस्तो तमासा देखाए । फुल्ने प्लास्टिकको गुन्द्रीसँग यौनक्रिडा गरिरहँदा उनले कालो टिसर्ट लगाएका थिए जसमा लेखिएको थियो, ‘म दिमाग वीहिन भए को छु, कृपया मलाई सन्देश छाड्नुहोला ।’ उनी ओहियोको ह्यामिल्टनस्थित सार्वजनिक सडकमा यस्तो अश्लील कार्य गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् । उनीमाथि अदालतको अवहेलनाका साथै सार्वजनिक दूराचारको अभियोग लगाइएको छ । स्मरण रहोस् सन् २००२ मा उनी छिमेकीलाई देखाउँदै नक्कली फर्सीसँग सेक्स गरेको अभियोगमा समेत पक्राउ परेका थिए ।