Saturday, September 26, 2026
Home Uncategorized हृदयश त्रिपाठीको नेतृत्वमा भोली भारतीय राजदुत रे लाई मधेसी मोर्चालेभव्य अभिनन्दन गर्दै

हृदयश त्रिपाठीको नेतृत्वमा भोली भारतीय राजदुत रे लाई मधेसी मोर्चालेभव्य अभिनन्दन गर्दै

213

फागुन १३,
काठमाडौं । भारत सरकारको सहसचिवस्तरको कर्मचारीलाई अभिनन्दनगर्न लागेकोमा मधेसी मोर्चाका नेताहरू विभाजित भएका छन् । नेपालकालागि भारतीय राजदूत रणजित राय (रञ्जित रे)लाई अभिनन्दन कार्यक्रमको नेतृत्व तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्षहृदयश त्रिपाठीले गरिरहेका छन् । साढे तीनवर्षको आफ्नो कार्यकाल सकेका राजदूत रायले अनिवार्य अवकास पाउँदै छन् । उनी नेपालबाट फिर्ता हुन अगाडि ‘चाकडी’ गर्न विभिन्नदल, संस्था, व्यक्तिहरूले अभिनन्दन, सम्मान आदि कार्यक्रमगर्दै आएका छन् । होटेल बुकदेखि खानपिनको मेनु रक्सी आइटम राख्ने, अतिथिसत्कार, पाहुना बोलाउने लगायतका सबै कार्यको त्रिपाठी आफैले खटनपटन गरिरहेको स्रोत दाबी छ । त्रिपाठी अभिनन्दनको कार्यक्रमकालागि विशेष भूमिका निभाएका छन् । मधेसी मोर्चाको ब्यानरमा मोर्चाका केहीशीर्ष र दोस्रो तहका नेताहरूले राजदूत रायलाई कुनै पनि हालतमा लाखौँ रुपियाँखर्च गरेर रक्सीसहितको पार्टी राखेर अभिनन्दन गर्न नहुने धारणा राखेका छन् । रक्सीसहितको डिनर पार्टी एवम् अभिनन्दन कार्यक्रममा झण्डै दश लाख खर्च हुने अनुमान मधेसी मोर्चाको छ ।