हृदयश त्रिपाठीको नेतृत्वमा भोली भारतीय राजदुत रे लाई मधेसी मोर्चालेभव्य अभिनन्दन गर्दै

194

फागुन १३,
काठमाडौं । भारत सरकारको सहसचिवस्तरको कर्मचारीलाई अभिनन्दनगर्न लागेकोमा मधेसी मोर्चाका नेताहरू विभाजित भएका छन् । नेपालकालागि भारतीय राजदूत रणजित राय (रञ्जित रे)लाई अभिनन्दन कार्यक्रमको नेतृत्व तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्षहृदयश त्रिपाठीले गरिरहेका छन् । साढे तीनवर्षको आफ्नो कार्यकाल सकेका राजदूत रायले अनिवार्य अवकास पाउँदै छन् । उनी नेपालबाट फिर्ता हुन अगाडि ‘चाकडी’ गर्न विभिन्नदल, संस्था, व्यक्तिहरूले अभिनन्दन, सम्मान आदि कार्यक्रमगर्दै आएका छन् । होटेल बुकदेखि खानपिनको मेनु रक्सी आइटम राख्ने, अतिथिसत्कार, पाहुना बोलाउने लगायतका सबै कार्यको त्रिपाठी आफैले खटनपटन गरिरहेको स्रोत दाबी छ । त्रिपाठी अभिनन्दनको कार्यक्रमकालागि विशेष भूमिका निभाएका छन् । मधेसी मोर्चाको ब्यानरमा मोर्चाका केहीशीर्ष र दोस्रो तहका नेताहरूले राजदूत रायलाई कुनै पनि हालतमा लाखौँ रुपियाँखर्च गरेर रक्सीसहितको पार्टी राखेर अभिनन्दन गर्न नहुने धारणा राखेका छन् । रक्सीसहितको डिनर पार्टी एवम् अभिनन्दन कार्यक्रममा झण्डै दश लाख खर्च हुने अनुमान मधेसी मोर्चाको छ ।