भक्तपुरमा दिलानाथ मृत भेटिए

216

फागुन १३,
भक्तपुर । भक्तपुरमा एक अधबैशें पुरुषको शव भेटिएको छ ।
भक्तपुर नगरपालीका वडा नं. १ गरुडकुण्ड नजिकै एक व्यक्तिको घरको पेटीको अन्दाजी ४२ वर्षका दिलानाथ ढुंगाना मृत अवस्थामा फेला परेका महानगरीय प्रहरी वृत जगातीका प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिएका छन् ।
भक्तपुरको चागुँनारायण नगरपालीका वडा नं. ४ घर भएका उनको शव उक्त स्थानमा फेला परेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।
मृतक ढुंगानाको शव पोष्टमार्डको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले बताएको छ ।