६ लाख घुस सहित भक्तपुर मालपोतका कर्मचारी अख्तियारको फन्दामा

302

भक्तपुर । भक्तपुर मालपोतमा अख्तियारको छापा दुई कर्मचारी सहित एक लेखापढी ब्यवसायि नियन्त्रणमा भक्तपु कार्यालयका नासु ऋशि बुढाथोकी, कार्यालय सहयोगी केशव बहादुर खत्री र लेखापढीका बिष्णु हरि न्हिसुतु अख्तियारको नियन्त्रणमा । उनीहरुका साथ बाट अख्तियारले ६ लाख १४ हजार नगद घुस सहित नियन्त्रणमा लिएको छ ।
झन्डै एक हप्ता अघि देखि पिडितको उजुरीलाई आधार मानेर अनुसन्धान गरिरहेको अख्तियारले घुस सहित सबैलाई प्रत्यक्ष नियन्त्रणमा लिएको हो । घुस लिनेहरुलाई अख्तियारले आझ बिहान ११ बजे देखि प्रत्यक्ष निगरानीमा राखेता पनि घुस लिने स्थान बारम्बार परिवर्तन गर्दा केही समस्या आएता पनि साँझ पाँच बजे देखि ६ बजेको समयमा मालपोत कार्यालयको नजिकै रहेको एक होटेलमा उनीहरुलाई नियन्त्रणमा लिएको थिए ।
अख्तियारको छापा पश्चात नियन्त्रणमा आएका कार्यालयका कर्मचारीहरुको प्रबृतिलाई नियाल्दा उनीहरुले लेखापढी ब्यवसायिहरुलाई आम्दानीको प्रयोको रुपमा लिएको श्रोतले बातायो । श्रोत भन्छ सबै लेखापढी त्यस्तो नभएता पनि केहीका कारण राम्रा लेखपढि समेत बद्नाम बनेका छन् ।
आझको घटनामा जस्तो स्वरुप देखियो त्यसका बारे लेखापढी ब्यवासायिहरुले समेत गलत गर्नेलाई नियन्त्रणमा लिनु पर्ने देखिन्छ । भक्तपुरमा देखिएको मालपोतको घुस प्रकरणमा सबैको ध्यान गएता पनि प्रत्यक्ष घुस सहित नियन्णमा लिएको यो पहिलो प्रकरण बनेको देखिन्छ । लेखापढी ब्यवासायिहरु मध्ये केहीको संलग्नता र कर्मचारीको कमाईको माध्यम बनेको यो घुस प्रकरणले प्रष्टाउँछ । – Bhatapurnews.com