मोवाईल चोर्दै हिँडने आचार्यलाई ३ वर्ष दश महिना कैद

339

मंसिर २१


ललितपुर– ललितपुरको विभिन्न स्थानबाट मोवाईल चोर्दै हिँड्ने सुमन आचार्यलाई जिल्ला अदालत ललितपुरले ३ बर्ष दश महिना कैद सजाय हुने फैसला गरेको छ । लुभु स्थित शंखादेवी बस्दै आएका १८ बर्षिय अचार्यलाई प्रहरीले विभीन्न कम्पनीका १० थान मोवाईल सहित पक्राउ गरेर कारवाही अगाडी बढाएको थियो । विभिन्न ब्यक्तिहरुको घरकोठा, होटेल तथा क्याफे समेतबाट मोवाईल तथा नगद समेतका धनमाल चोरी गर्दै आएका आचार्यलाई ७९ हजार जरिवाना गर्न समेत ललितपुर जिल्ला अदालतले फैसला गरेको छ । कैद तथा जरिवाना भुक्तानका लागी आचार्यलाई कारागार कार्यालय ललितपुर पठाईएको महानगरीय प्रहरी कार्यालय ललितपुरका प्रहरी नायव उपरिक्षक ईश्वर कार्किले जानकारी दिए ।