अर्चना पनेरुको रेट साढे चार करोड !

528

पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चनाको बारेमा नेपालसँगै अब भारतमा पनि चर्चा बढेको छ । चर्चित वलिउड अनलाइन दैनिक भास्करले अर्चनाको बारेमा स्टोरी लेख्दै नेपाली सन्नि लियोनको उपमा दिएको छ ।अझ हाँस्यास्पद कुरा त के छ भने अर्चनाले एक फिल्म खेल्दा साढे चार करोड लिने गरेको समेत वलिउड भास्करले लेखेको छ, जबकी अर्चनालाइ केहि लाखमा मात्र राजु गिरीले ’जिस्म’ फिल्मबाट डेब्यू गराएका थिए । त्यसो त नेपाली फिल्म उद्योग होस् या अन्य क्षेत्र ,कुनै पनि ठाउँको बारेमा राम्रोसँग अध्ययन नगरी समाचार बनाउने बलिउड अनलाइनहरु यो पटक पनि अर्चनाको काण्डमा फसेको देखिन्छ ।नेपाली रंगिन दुनियाँसँग नजिक जो कोहिको लागी पनि अर्चना पनेरु नयाँ नाम होइन् । पोर्नस्टार बन्छु भन्दै भारत बसाइ सकाएर नेपाल छिरेकी अर्चना एक्कासी मिडिया अनि सामाजिक सञ्जालमा चर्चामा आइन, जब उनका केहि टपलेस दृश्यहरु छताछुल्ल भए । चर्चामा आएको एक बर्षभित्रै उनले दुइ नेपाली फिल्म खेलिन् अनि आधा दर्जनजति म्युजिक भिडियो । त्यसो त सबटाइटलमा अर्चनाको रेट ४.५ करोड लेखेको अनलाइनले आफ्नो पुर्ण न्यूजमा भने ४.५ लाख लेखेको छ । यसले पनि वलिउड मिडिया नेपाली विषयको समाचार लेख्दा गम्भिर नभएर गलत जानकारी दिन पुगेको छुट्टयाउन सकिन्छ ।