भक्तपुरमा सम्पदाको पुनःनिर्माण कार्य जारी

318

माघ २१,
भक्तपुर । भक्तपुरमा धमाधम पुननिर्माणको कार्य सुरु हुदै छ । वि.स २०७२ साल बैसाख १२ गते गएको महा भुकम्पले भक्तपु्र दरबार स्क्वारमा रहेको विभिन्न धार्मीक परम्परा तथा सस्कृतीको तहसनहस भएको थियो । भुकम्प पश्चात लथालिङग भएको धार्मीक स्थल वा मठमन्दिरहरुको पुननिर्माणकार्य धमाधम सञ्चालनमा आइरहेको छ । पुननिर्माण कार्य भक्तपुर नगरपालिकाबाट र स्थानीय बासी वा उपभोक्ता समीतीबाट सञ्चालन भैरहेको छ । भुकम्प पश्चात सर्वप्रथम खौमा गेटको पुननिर्माण कार्यको शिलानासको कार्यक्रम गरीयो, उक्त गेट पुरानै शैलीबाट निर्माण गरिएको र साथ–साथै गेटको पुन निर्माण कार्य पनि सम्पन्न भैसकेको स्थानीय बासी भुवन माया गाइजु बताइन् । दरवार स्क्वारमा रहेको धार्मीक सम्पदाहरुको पुननिर्माणको लागी पूरातत्व विभाग,सम्पदा शाखा र नगरपालिकाको सहयोग द्धारा गरीएको कुरा स्थानीयबासी बताउछन् । केदारनाथ मन्दिर र वत्सला दुर्गा मन्दिर सम्पदा विभाग र नगरपालिका र उपभोक्ता समितीद्धारा निर्माण गर्ने गठन गरीएको छ । यी दुई मन्दिरको निर्माण कार्यको लागि साडे दुई करोडको इस्टीमेट गरीएको छ । यो दुवै मन्दिर भक्तपुर नगरपालिकाको वडा.न १३ मा पर्दछ । स्तै फसी डेगल, चागुँ नारायण मन्दिर, राष्टिय कला सग्रह, अनन्तलिङगेश्र मन्दिर, दक्षीण बाराही, देवसतल र सिद्धी लक्ष्मी आदी मन्दिरको पुन निर्माण कार्य सञ्चालन हुने छ । सनिता सैंजु, प्रशिक्षार्थी पत्रकार, प्रक्षेपण दैनीक )