भक्तपुरमा ठग्दै हिड्ने पक्राउ

195

माघ २१,
भक्तपुर । प्रहरी कार्यालयमा रहेका विभिन्न मुद्दा मिलाइदिन्छु भन्दै पैसा उठाएर ठगी गर्दै हिँडेको अभियोगमा धनकुटाका राजु थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीले धनकुटा फलाँटे–९ का ३८ वर्षीय राजु थापालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।