टेलिकमको सहयोग अस्पताललाई

177

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न अस्पताललाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रलाई १५ वटा विशेष सुविधायुक्त ह्विलचियर, काठमाडौँस्थित प्रसूति गृहलाई १५० थान र पाटन अस्पतालका नवजात शिशुका लागि एक सय थान कम्बल हस्तान्तरण गरिएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । यसैगरी वीर अस्पताल र गङ्गालाल हृदयरोग केन्द्रमा बिरामीका लागि एक÷एक सय थान कम्बल तथा दुबै अस्पतालका सेवाग्राहीका लागि एक÷एक थान मोबाइल चार्जिङ स्टेसनसमेत उपलब्ध गराइएको छ । सहयोग हन्तान्तरण कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकोत्सवका अवसरमा यसप्रकारको सहयोग गरेको र यसबाट अस्पतालका सेवाग्राहीलाई केही मात्रामा भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । नेपाल टेलिकमले भोली शनिबार १३ औँ वार्षिकोत्सव मनाउँदै छ ।