तीन दिनको मौसम कस्तो होला ?

56

काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।

 

मौसम विश्लेषण (Meteorological Analysis)
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानमा अवस्थित रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)
देशभर सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम, गण्डकी प्रदेश का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

२०७९ भदौ २८ गते (मंगलबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ भदौ २९ गते (बुधबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।

२०७९ भदौ ३० गते (बिहीबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका थोरै र गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र सो को कारणले पहाडी तथा भिरालो जमिनमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।