कथाः लास फिर्ता नपाएपछी भाग–२

507

जानु काम्बांग लिङ्गदेन
….. सुरुका दिनहरुमा हान्मालाई आफ्नो प्राण भन्दा प्यारो स्लोकसंग छुट्न अति गार्हो भएको थियो तर पनि छोरा छोरीको उज्वल भबिस्यको लागि आफ्नो मुटु माथि ढुंगा राखेर बिदा गरेको थियो छोरा छोरीसंग हान्ग्मालाई धरमपुर गाउमा छाडेर पदेशियो श्लोक । घरमा वृद्ध द्धभईसकेका आमा बाबा अनि भाई मात्र थिए । श्लोक बिनाको समय हान्ग्मालाई थेगी नसक्नुको भारि भएको भयो । उनि लिम्बुकी छोरी बाहुनको घर एकदम अनौठो संस्कार, उनलाई त्यो घरमा बस्न पटक्कै मन थिएन । तर के गर्नु आमा बाबा एक्लै छन् तिमि बस्ने पर्छ भनि फकाएर हिड्ने बेला श्लोकले सालमा एकपल्ट नेपाल आउने बाचा गर्दै हिडेको सम्झेर बसिन् । तर त्यो बाचा कहिले पुरा गरेन श्लोकले ।
हान्ग्मा र श्लोकले अन्र्तरजातीय बिबाह घर परिवारको ईच्छा बिरुद्ध भागेर बिबाह गरेका थिए । धेरै बर्ष सम्म नेपालगंज तिर श्लोकले जागिर गर्दै हान्ग्मालाई राखेको थियो । आफ्नो फ्रान्स जाने भिषा दर्ता गरपछि केहि महिना काठमान्डु बसेपनि त्यहाँ खासै राम्रो बदोबस्त थिएन । नेपालगंजमा जन्मेको छोरो सुमन आज ठुलो भैसकेको छ काम गर्छ, अब बाकीँ छोरी हुर्काउन छ हान्मालाई । युरोपको नियम अनुसार १८ नाघेपछि मात्र छोरा छोरीको उमेर पुगेको मानिन्छ । साना साना छोरा छोरी संग लिम्बुकी छोरीले घर कसरी गरि खाला त्यो पनि अधिकारी पंण्डितको घरमा भन्दै छिमेकीहरु कुरो काट्थे । धर्मपुर सिराहा जिल्लाको उतर तिर पर्ने एक गाउँ हो । त्यहाँ तामाङ्ग र मगर जतिको बाहुल्यता रहेको भए पनि छेत्री बाहुनहरु पनि फाटफुट बसेका छन् तिनै फाटफुट घर बाहुनको मध्धे एक श्लोक घर ।
धरमपुर देखि दक्षिणतिर घना मधेशी गाऊ छ त्यहाँ दिन भर टुक…टुक…टुक…मिल काराईरहन्छ । एकोहोरो धेरै टाढा टाढा सम्म सुनिन्छ ।
बिरक्तिएको हान्ग्माको मन त्यो मिलको आवाजले झन्झन् निचोरिदिन्थ्यो उस्लाई न्याउली कराए जस्तै लाग्थ्यो । बर्ख लागेपछि बेस्सरी गर्मि हुन्थ्यो मान्छे लुगा बिना हिड्थे सानो धोतीको भरमा बित्थ्यो ६ महिना । प्रसश्तै सर्प, बित्छी लाग्थे । २ बर्ष पछि कान्छा देवार प्रलाद्को बिहे भयो गोलबजारको धन्याढ़ परिवारकी छोरीसंग त्यसपछिका दिनहरुले हान्ग्माको जीवनमा पुरै परिबर्तन भयो । एकदिन एकाबिहानै हान्ग्माले भान्सामा रहरको दाल नांगोलोमा केलाउदै छोरोलाई बोलाईन्न । ए सुमन तल्लो खुट्टीबाट थोरै साग ले त तिमीहरुलाई स्कुल जान ढिलो हुन्छ फेरि ? अगेना छेउबाट साशु कराईन ए कान्छी दुलाई एता आ..त ? कान्छी देउरानी आईन् छेउमा पुनः सासुले भनिन् दुलाई यो भान्सामा हाम्रो लागि पहिले खाना बनाउ ? अनि मात्र यी लिम्बुकी छोरीले पकाएर खाओस ? हान्ग्मा छक्क परिन । अस्ति सम्म उसैले पकाएर हात खुट्टा बसिसकेका साशु सासुरालाई खुवाएकी थिईन् । हान्ग्मा बोल्नै सकिन्न त्यहाँ बाट चुपचाप उठेर जानुमै सबैको भलाई ठानिन् ।
छोरा विदेश हिड्ने बेला मात्र घरमा बस्न स्वीकारेका साशु साशुराले आज फेरि गल्हत्याउदै थिए । हुनत हान्ग्माले त्यो घरलाई कहिले आफ्नो ठानेकै थिएन किन किन उसलाई आफ्नो जस्तो लाग्दै लाग्दैनथ्यो । त्यसैले यस्तो व्यवहारबाट ऊ कति पनि दुखि भईनन् । आफ्नै खुशीले जन्म घर त्यागेको हान्ग्मालाई आज कर्म घरले पनि बिरानो बनायो । घरमा उनले छोएको नखाने भए सासु सासुरा,बल्ल थाहा पाई मान्छेको भाडो भित्र कति स्वार्थ भरिएको हुँदो रहेछ, बस पोखिने ठाउ मात्र पाउनु पर्दो रहेछ जहाँ जति बेलापनि पोखिन सक्दो रहेछ ्र देउरानी देबी त्यो घरमा नाईञ्जेल उसैले पकाएर बिहान बेलुकी खुवाएको ब्रिद ब्रिद्दा अनि देवार पराई भए । त्यहि दिन देखि हान्ग्मा कहिले भान्सामा पसिनन् जे पाक्छ,जे दिन्छ देउरानिले नै दिन्थिन् । देउरानिले खान खान नबोलाए सम्म हान्ग्मा र छोरा छोरी घर भित्र पनि पस्न छाडे । तर एउटी नारीको रक्षाको लागि अर्को नारि नै भागुवान हुन्छे भने झैँ यहाँ पनि हान्ग्मा र उनका छोरीहरुको लागि भागुवान देउरानी भईन् ।
साशु साशुराले र श्रीमानले जे भने पनि देउरानिले जेठानीलाई कहिले केहि भनिनन् । तेसो त माया पनि कहाँ गरिन र उनले ? माया नगरेरै होला गालि र नराम्रो पनि कहिल्यै गरिन् । सायद उनलाई खेती बारीको काम गर्न गाह्रो भएर होला भान्साको काम नै सजिलो लागेको बताउथिन र कहिल्यै भान्छा पनि छाडिन् । महिनाको एकपल्ट पर सरेको बेला दुख शुख साशु पकाउथि खाना बिचरी छोरी मान्छेले जान्नै पर्ने बताउदै नातिनी श्रद्धालाई काम लागाउथि बुढी । खाना बानाउने काम तेसैबेला सिक्ने मौका पनि पाएकी थिई श्रद्धाले । त्यो संघर्षले जिन्दगीमा धेरै कुरो सिकायो कलिलो श्रद्धालाई । रात दिन प्राथना गर्थिन् हान्ग्मा भन्थिन् मेरो छोरा छोरीले समयमै खान पाउन भोक भोकै हिड्न नपरोस म मेला पातमा भए पनि समयमै स्कुल जान पाउन । यस्तै प्राथना गर्दै टाढा टाढाका मेला पात घाश दाउरा गोठाला खेतालाका साथ् गर्दै दिन बिताउन थालिन् हान्ग्मा ।
बिस्तारै हान्ग्माको दर्जा एउटी बुहारीबाट नोकर्नीमा परिबर्तित भयो ्र त्यहाँ बस्ने अरु नोकर चाकरले हान्ग्मालाई सोधेर काम गर्नु पर्ने ऊ नोकर हरुको हेड भयो । घरका कसैलाई थाहा हुन्नथ्यो भोलि कहाको धान काट्ने, कहिले दाइ गर्ने आदि दिन बित्दै थियो श्लोकले बेला बेला खर्च पथाउथ्यो तर देवारको नाममा पहिले पहिले अलि अलि दिन्थ्यो तर पछि पछि त्यो पनि बन्द भयो । हान्ग्माको दिन बिस्तारै बिग्रंदै गयो । श्लोकले पठाएको चिठी फोन केहि पनि उनले पाउन छाडिन । ऊ पुरै बाहिर भयो त्यो घरबाट सुत्न र खान बाहेक अरु मान सम्मान ईज्यत केहि पनि थिएन । छोरी श्रद्धा हान्ग्माको कानमा आएर साउती गरि ! मम्मी म नि जान्छु नि गोल बजार ? मेरो छुटी छ, हान्ग्मा शनिबारको हाट भर्न गोल बजार जान लागेकी थिई हुन्छ भन्न नपाउदै, लाडे पल्टिंदै छोरो सुमन पनि अघि बढ्यो छोरा छोरी साथ् हिड्न तयार देखेर हान्ग्मा खुशी भईन् । सामान ल्याउने सिमेन्टको बोरा अरु तरकारी आलु बोक्ने नहरको झोला सब लिएर बाटो लागे तीनजना । बाटोमा माथ्लो टोलको थिन्ग्नी आमै संग भेट भो कुरो गर्दै हिडे बाटो निकै लामो थियो झन्डै एक घण्टा नै हिड्नु पथ्र्यो । थिङ्ग तामांगको घरमा हान्ग्मा बेला बेला जाने गर्थी ।
उनि आफ्ना जनजाती पहाडी मान्छे भेट्दा औधि खुशी हुन्थी तेसैले उनि लुकी लुकी तामांग टोलमा जान्थी । त्यो दिन पनि हान्ग्माले थुप्रै दुख शुखका कुरो गर्ने मौका पाईन । तामांगनि बुढी आमा पनि हान्ग्मालाई माया गर्थी आफ्नै छोरीको उमेरको हान्ग्मालाई सधै भन्थी मेरो जेठी छोरी दशैँमा आउदा मित लगाई दिन्छु ्र उनकी छोरी जेठी नेपाली सेना संग बिहे भएर ईलामको ब्यारेकमा बसेको कुरो गर्थी । बुढी मान्छे फरासिली थिई हान्ग्मा पनि उनलाई आमा मानेर दुख शुख सेयर गर्थी । हान्ग्माको जीवन अप्ठेरो भीरको चिन्नड़ो जस्तै हुँदै जाँदैथ्यो तर पनि उनले दुई छोरा छोरीको अनुहार हेरेर हिम्मत बाटुलथिन ।
श्लोक हिडेको पनि पुरै साढे दुई बर्ष बितिसकेको थियो । हरेक हप्ता किनमेल गर्न जाँदा सुटुक्कै हुलाकमा खसालेको चिठीको जवाफ नआउदा हान्ग्मा छक्क पर्थिन् । असारको महिना छोरी सारै बिमारी भईन् हस्पिटल लाने सल्लाह घरबाट आएन हान्ग्मासंग फुटेको कौडी थिएन । घर नजिकैको स्कुलमा मास्टर या पिउन जे पाए पनि गर्छु भनि निबेदन फारम भरेको पनि रद्द भएर आएपछि त झन् हान्ग्मा पुरै टुटिसकेको थियो । भित्रैबाट मनले एउटा काम आर्हाएकोले रातिनै चाहिने जति लुगाफाटा भारी हालिन् आफ्नो मात्र होइन दुई छोरा छोरीको पनि,गर्मि महिनाको छुटी थियो,तेसैले दुवै छोरा छोरीको छुट्टि नै थियो । रातमा दिशा पिशाप जानको लागि राखिएको एउटा सानो टर्च लाईट थियो, लिएर छोरो अघि अघि छोरीलाई पछाडी बोकेर हान्ग्मा पछि पछि । सानो चोहर्बा चोक निस्की काठमान्डू जाने नाईट बस समातिन् हान्ग्माले ।
पहिले जन्म घर छाडेर हिड्दा साथमा श्लोक थियो आज फेरि दोस्रो पल्ट कर्म घर छाडेर हिड्दै थिईन् साथमा दुई छोरा छोरी थिए । पैसा नभएकोले बेलुकीको खाना खाएनन् तिनै जनाले, बिहान काठमान्डू ओर्लिए ९ बजेको थियो आफ्नो सानो छोरीको उपचार गर्न जरुरी लागेकोले टेम्पो समातेर सिधै ओम नर्सिङ्ग होम गइ उ ।
श्लोकले किनिदिएको आधा तोलाको कानमा टप थियो त्यहि बेचेर बोकेको पैसा पनि सकिन लागेको थियो हान्ग्मालाई घर फर्कन मन पटक्कै परेन बरु काठमान्डू मै बसेर गरिखाने सोच आयो , त्यसैले थोरै पैसा हुँदै जागिरको खोजीमा लागिन बल्ल तल्ल एउटा निजि स्कुलको होस्टेलमा खाना पकाउने काम पाईन । छोरा छोरीहरुलाई पनि त्यहि पढ़ाउदै काम गर्न थालिन । श्लोकको अत्तो पत्तो थिएन एकदिन अचानक श्लोकको चिठी आयो एकजना मान्छेको हातमा उनीहरु काठमान्डू बस्दा उही दिदीको घरमा डेरा बसेका हुनाले हान्ग्माले काम गरेको स्कुलको प्रिन्सिपले श्लोकलाई पहिले देखि चिन्थ्यो ।
घरबाट भागी सकेको घर गरिखान नसकेको नाना थरि कुरो लगाएर श्लोकलाई भड्काई सकेको रहेछ । हान्ग्माले उसको चिठी पढेपछि थाहा पाईन् । लेखिएको थियो तिमी जता सुकै जाऊ तर मेरा छोरा छोरीलाई घर पठाउ ? चिठीमा यस्तै धम्किहरु थिए । पढिसकेर हान्ग्मा आशु पुछ्दै छोरीको गृहकार्य गराउन थालिन । भोलि पल्ट सबै कुरो दर्साएर शान्त भएर श्लोकलाई चिठी लेखिन । हान्ग्माले उनि हिडेदेखि त्यो घरमा जे जे भयो सबै लेखिन । त्यसको केहि दिनमा स्कुलको फोन आयो अफिस बन्द भए पनि फोन आउदा उठाउनु भनि हान्ग्माको जिम्मामा स्कुलको फोन बाहिरै छाडेको हुन्थ्यो । धेरै बर्ष पछि आफ्नो श्रीमानको बोलि सुन्दा हान्ग्मा हर्सले आशु खसाल्न थालिन् बोलि बन्द भयो । उताबाट श्लोकले जे जे भनेपनि हान्ग्माले सुनिमात्र रहिन् ऊ निसब्द भईन् । धेरै बेरको रिस मारेपछि श्लोकले छोरा छोरी संग बोल्ने ईच्छा राखेकोले । हान्ग्मा छोरी स्रधलाई रिसिभर दिएर बाहिरियो । तरुनी भईसकेकी छोरीको कुरोले श्लोक केहि नरम भयो हान्ग्माको कुरो बिश्वास नलागेको श्लोकले छोरा छोरीको कुरोलाई भने नकार्न सक्दैनथ्यो । क्रमश…
ताप्लेजुङ्ग, हालः बेलायत