आजबाट राजधानीमा अपांगमैत्री बस संञ्चालन हुने

201

माघ १४,
काडमाडौं । यातायात ब्यवसायी काठमाडौंभित्र पनि ठूला बस सञ्चालन गर्न अग्रसर भएका छन् । साझा यातायाताको सिको गर्दै ब्यवसायीहरु रिंरोडसहितका भित्रि रुटहरुमा पनि ठूला बस चलाउन सुरु गर्ने क्रम तीव्र भएको छ । आज शुक्रबारदेखि काठमाडौंमा सिटी मेट्रो कम्पनीले पनि १५ वटा ठूला बस चलाउँदैछ । यि सबै बस अपांगमैत्री रहेको कम्पनीका अध्यक्ष हेमेन्द्र शेरचनले बताए । यी बस ४० सिट क्षमताका हुन् । यि बस वनस्थलीबाट छुटनेछन् । त्यसपछि नारायणगोपालचोक, बालुवाटार, पुतलीसडक, माइतिघर, बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै काँडाघारीसम्म पुग्नेछ । यी बस सोही रुट हुँदै फर्किनेछन् । यसले वनस्थलीबाट बानेश्वर आउनेहरुलाई दुईवटा बस फेर्नुपर्ने झण्झट र दोहोरो खर्च बेहोर्नुपर्ने बाध्यता अन्त्य हुनेछ । कम्पनीका बसहरु अपांगमैत्री भएकाले ह्वील चियरसहित यत्रा गर्न सकिने छ । कम्पनीले अबको ५ महिनापछि थप १५ नयाँ बस ल्याउने बताएको छ । अध्यक्ष शेरचनले ५ वर्र्षिभत्र कम्पनीले सय वटा बस थप्ने बताएह्वीलचेयर राख्न मिल्ने १३ वटा बस काठमाडौंमा चल्दै छ ।