अछामी समाजद्धारा वहुमुखी क्याम्पसलाई सहयोग

303

माघ १३,
अछाम । संयुक्त राज्य अमेरिकाको हटस्ट्रन अछामी समाजद्धारा अछाम वहुमुखी क्याम्पसलाई १ लाख ९० हजार २११ रकम आर्थिक सहयोग प्रदान गरेको छ । हटस्ट्रन अछामी समाजद्धारा संकलित उक्त सहयोग रकम वुधवार आईएमई मार्फत अछाम पठाईएको हो । जिल्लाको सदरमुकाम मंगलसेनमा रहेको अछाम वहुमुखी क्याम्पसमा स्नात्तोकोत्तर तह संचालन तथा प्राविधिक शिक्षालय स्थापना गर्ने उदेश्यले यही माघ २१ गते देखि २८ गते सम्म अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ आयोजना गरिएको छ । स्नातक तह सम्म मात्र अध्यापन गराउँदै आएको क्याम्पसमा स्नातकोत्तर तह संचालन भए यस जिल्लाका हजारौ विद्यार्थी लाभान्वीत हुने र यसै जिल्लामा प्राविधिक शिक्षा अध्यन गर्न पाउने भएकाले आ आफनो क्षेत्रवाट सक्दो सहयोग गरिदिन महोत्सव मुल आयोजक समितीका संयोजक पदम वोहराले सवैमा अनुरोध गर्नु भएको छ । कामको सिलसिलामा देश वाहिर रहेर पनी आफ्नो देश र शैक्षिकक्षेत्रको गुणस्तर वृद्धिका लागी र स्तरोन्ती तथा वृद्धि विकासका लागी हटस्ट्रन अछामी समाज तथा समाजका पदाधिकारीप्रति आफु एकदमै खुसी भएको अछाम वहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष एवं शैक्षिक तथा धार्मिक महोत्सव २०७३ मुल आयोजक समितिका संयोजक पदम वोहराले वताए । आर्थिक सहयोग गर्ने संयुक्त राज्य अमेरिकाको हटस्ट्रन अछामी समाजका पदाधिकारीहरुको नामावली ।
१ झंकर कुँवर पायल, अछाम रु १६,३०१।
२ कर्ण वहादुर वोगटी मंगलसेन, अछाम रु १६,३०१।
३ ध्रुव वहादुर थापा वस्ती, अछाम रु १६,३०१।
४ विवेक कुँवर वयालपाटा, अछाम रु १६,३०१।
५ कमल वहादुर कुँवर वयालपाट, अछाम रु १६,३०१।
६ विक्रम कुँवर पायल, अछाम रु १६,३०१।
७ नरेश रावल अछाम रु २७०१।
८ विनोद थापा वस्ती, अछाम रु १११०१।
९ अक्कल केसी विनायक, अछाम रु १०५०१।
१० खगेन्द्र ढुंगाना मंलसेन, अछाम रु १७१०१।
११ गगन केसी मंगलसेन, अछाम रु ५१००१। -( ललित केसीबाट )