रामारोशनमा बिद्युत बिस्तार हुदाँ स्थानिय खुसी

309

लालबहादुर विक
माघ १३,
अछाम अछामको पर्यटकिय क्षेत्र रामारोशन गाविसको वडानम्वर ६ अल्लेडीमा विद्युत बिस्तार भएको छ । गाउमा बिद्युत बलेको झन्डै ६ बर्ष पछि उक्त वडामा बिद्युत लाईन बिस्तार भएको हो । २०६३ सालमा काम सुरु भई २०६८ सालवाट १८ वाट क्षमतामा माथिल्लो अपर कैलास लघुजलबिद्युत आयोजना मार्फत अन्य वडामा बिद्युत बलिसकेको थियो । तर उक्त वडा धेरै टाढा भएकाले लाईन बिस्तार गर्न यतिका समय लागेको हो । आफ्नै गाउँमा बिद्युत उत्पादन भई अन्य टोल तथा वडाहरु झिलिमिली भएपनि वडानम्वर ६ का एक सय ५० घरधुरीका बासिन्दा उज्यालो बाल्नवाट बञ्चित भएका थिए । उक्त वडामा ६५ घरधुरी दलित समुदाय र ८५ घरधुरी गैर दलित समुदाय बसोवास गर्ने गर्दछन । गाँउमा बिद्युत बलेपछि वडाको १५ सय जनसङ्ख्या लाभान्वित भएको स्थानीय सेर बहादुर विकले बताए ।
विद्युत लाईन बिस्तार भएसंगै सोहि वडामा रहेको रुपादेवि निमाविमा कप्युटर कक्षा पनि सुरु गरिने विधालयका लेखापाल अमर शाहले जाँनकारी दिए । वडामा बिद्युत बिस्तार भई सुचारु भएसंगै बिगत देखी सञ्चालनमा रहेको हाते कागज उधोगलाई निक्कै राहत भएको छ भने साबुन उधोग र कुटानिपिसानी मिल पनि सञ्चालन गर्न सकिने विद्युतका अध्यक्ष वृष रोकायाले जानकारी दिए । अपर कैलाशखोला साना जलविधुत आयोजना जिल्ला उर्जाबाटको ९३ लाख, जिल्ला बिकाश समितिको ३ लाख ५० हजार र गरिबि निवारण कोष अन्र्तगत रामारोशन विकाश समाजको २५ लाख गरि १ करोड २१ लाख ५० हजारको लागतमा निर्माण भएको हो । जिल्लाको पर्यटकिय क्षेत्र रामारोशन संगै जोडिएको रामारोशन गाविसमा मात्रै कैलासखोलावाट ३ वटा लघुजलबिद्युत आयोजना सञ्चालनमा रहेका छन ।
तस्विरःरामारोन ताल