मध्यपुर थिमि नगरपालिकाको बजेट २९ करोड

357

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष ०७४÷०७५ लागि करि ३० बजेट नगर परिषद्बाट पारित गरेको छ ।
बुधबार मध्यपुर थिमि नगरपालिकाको २६ औं नगर परिषदले नीति, बजेट तथा कार्यक्रम सार्वजनिकीकरणमा नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालील आर्थिक वर्ष ०७४÷०७५ लागि २९ करोड ५५ लाख ९९ हजारको बजेट प्र्रस्तुत गरेका छन् ।
आ.ब. २०७४÷०७५ का लागि आन्तरिक आयतर्फ ७ करोड २७ लाख रुपैयाँ र राजस्व बाँडफाडतर्फ १ करोड ५० लाख रुपैयाको बजेट प्रस्तुत गरेका छन् ।
कार्यक्रममा केन्द्रिय अनुदान १६ करोड रहेको ज्ञवालीले जानकारी दिएका छन् ।
संस्कृतिक जात्रा पर्व तथा ऐतिहासिक साँस्कतिक सम्पदाको संरक्षणको लागि करिव २ करोड बजेट बिनियोजन गरेको छ । कृतिक जात्रा पर्व तथा ऐतिहासिक साँस्कतिक सम्पदाको संरक्षणको लागि १ करोड ९८ लाख ५० हजार बिनियोजन गरेको हो ।
सामाजिक सुरक्षा भत्ता तर्फ ७ करोड ५० लाख, महिला लक्षित कार्यक्रमलाई १ करोड १०, बालबालिका र युवा प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमकोलागि ९४ लाख ३० हजार रकम विनियोजन गरेको छ ।