वर्गीकरण विरुद्ध सर्वोच्च अदालतमा जाने तयारी

386

माघ ११,
काठमाडौं । भेदभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समितिको बैठकले प्रेस काउन्सिल नेपालको सूचना अधिकारी दिपक खनालले उपलब्ध गराएको हस्ताक्षर सहितको १७ बुँदे सूचना अपुष्ट र अपुरो जवाफ दिएकाले संघर्ष समिति सूचना आयोगमा जाने निर्णय गरेको छ ।
बैठकले प्रेस काउन्सिलको गैर जिम्मेवारी जवाफको विषयलाई लिएर सूचना आयोगमा निवेदन दर्ता गराउँदै प्रमाणसहित भेदभावपूर्ण वर्गीकरण खारेजको विरुद्धमा सर्वोच्च अदालतमा जाने निर्णय पनि गरेको छ ।
भेदभावपूर्ण वर्गीकरण खारेज नभएसम्म आन्दोलन जारी राख्दै कानूनी न्यायको लागि सूचना आयोग, सर्वोच्च अदालत लगायत विभिन्न निकायहरुमा जाने निर्णय गरेको सम्पादक प्रविण जोशीले बताए ।
जोशीले प्रेस काउन्सिलको मिति २०७३ पौष १३ बसेको बोर्ड बैठकले पत्रपत्रिकाको वर्गीकरण गर्दा भेदभाव पूर्ण जथाभावी वर्गीकरण गरीएको र सो बैठकमा अध्यक्ष वोर्णबहादुर कार्की पत्रकार महासंघका अध्यक्ष्य डाक्टर महेन्द्र विष्ट सदस्यहरु इश्वरी प्रसाद ओझा, किशोर श्रेष्ठ, खिलबहादुर भण्डारी, गोविन्द चौलागाई, सुर्दशन आचार्य लगायतका सदस्यहरुलेपनि हस्ताक्षर गरेको पाइएको बताए ।
दुई दर्जन भन्दाबढी उपस्थित पीडीत पत्रकारहरुले सर्वोच्च जाने निर्णय गरेको अर्का पीडित सम्पादक नेत्र न्यौपानेले बताए ।