भारतमा कोइला खानीमा ५० मजदुर पुरिए

249

१५ पुस,
एजेन्सी । भारत झारखण्डको कोयला खानी भत्किँदा करिब ५० जना मजदुर पुरिएको आशंका गरिएको छ । खानीमा पुरिएका मजदुर र गाडीहरुलाई निकाल्ने प्रयास भइरहेको छ । उद्धारका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर, बिद्युत आपूर्ति बन्द भएकाले समस्या भइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । इस्टर्न कोलफिल्ड लिमिटेड ९इसीएल०को राजमहल परियोजनामा महालक्ष्मी आउट सोर्सिङ कम्पनीका कामदारहरु रातिमा काम गरिरहेका थिए । २ सय फिट गहिराइमा काम गरिरहेका बेला एक्कासी भत्किएको थियो ।
खानीभित्र जाने बाटो पनि पूर्णरुपमा बन्द भएको छ । खानी भित्र ४०/५० जना कामदारहरु फसेको अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार खानी भत्किने बेला ३५ भन्दा बढी डम्पर, चारवटा लोडर र कामदारहरुले काम गरिरहेका थिए ।