पोषण तथा खाद्य सुरक्षा रणनिति तयारीका लागी सुझाव संकलन

368

लालबहादुर विक
माघ १०,
अछाम । पोषण तथा खाद्य सुरक्षा रणनिति तयारीका लागी सुझाव संकलन गोष्ठी आईतवार मंगलसेनमा सम्पन्न भएको छ । सेवक नेपालले तयार पारेको अछाम जिल्लाको प्रारम्भिक खाद्य र पोषण सुरक्षको रणनिती माथी जिल्ला स्थीत सरोकारवालाहरुले सुझाव दिएका छन । अछाम जिल्लाका सवै जनसंख्याको लागी आ आफ्नो खाद्य संस्कृतिको प्राथकिताका आधारमा पोषणयुक्त खाद्य वस्तुको उत्पादन वढायर वा अन्य कुनै पनी उपायहरुवाट खाद्यन्नको उपलव्धता, पहुँच, उपयोग र निरन्तरताको सुनिश्चतता हुन सक्ने वातावरण श्रृजना गर्ने लक्षका साथ रणनिति तयार पारिएको वताईएको छ । यस्तै विभिन्न बालीहरुको उत्पादन र उत्पादकत्व बृद्धि, बालि विविधिकरण, रैथाने वालीहरुको प्रर्बधन तथा गैरकृषिको उत्पादनवाट आम्दानी वृद्धि गरी जिल्लाका सवै जनसंख्याहरुको खाद्य तथा पोषण सुरक्षाको आवस्थामा सुधार ल्याउने र जीवनस्तरमा समेत सुधार गर्दै लैजाने मुख्य उदेश्यले रणनिति तयार पारिएको वताईएको छ । जिल्ला कृषि विकास कार्यालय अछामका वरिष्ठ कृषि विकास अधिकृत विष्णुहरी देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र संचारकर्मि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा अछामको पोषण तथा खाद्यको सुरक्षाका लागी गाउस्तरवाट सुझाव संकलन गर्नु पर्ने, जिल्लामा उत्पादित तरकारी तथा फलफुलको वजारमुल्यमा एकरुपता हुनु पर्ने, कृषकहरुलाई उपयुक्त सिँचाईको व्यवस्था गरिनु पर्ने, कृषकहरुलाई व्यवशायिक कृषि तर्फ आकर्षित गर्न विभिन्न कार्यक्रमहरु गरिनु पर्ने, स्थानिय स्तरमा उत्पादित कृर्षिजन्य वस्तुहरुलाई प्रोत्सहन गर्न वाहिरवाट आयात हुने कृर्षिजन्य वस्तुहरुलाई निरुत्साहित गर्नु पर्ने लगायतका सुझावहरु दिईएको थियो । गोष्ठीको सहजिकरण प्रयाक्टिकल याक्सनका खाद्य सुरक्षा अधिकृत कृष्ण तिवारीले गर्नु भएको थियो ।