Saturday, September 26, 2026
Home Uncategorized प्रहरी द्धारा जनचेतनामुलक सन्देश प्रशारणको थालनी

प्रहरी द्धारा जनचेतनामुलक सन्देश प्रशारणको थालनी

285

लालबहादुर विक
माघ १०,
अछाम । विदेशमा जाँदा आउँदा तथा बसमा यात्रा गर्दा यात्रुले भोग्नुपर्ने समस्यालाई मध्येनजर गर्दै जिल्ला प्रहरी कार्यालयको अगुवाईमा बस तथा जीपमा जनचेतनामूलक सन्देश प्रशारण गर्न थालिएको छ । सुरक्षित यात्रा, विदेश जाँदा ध्यान दिनुपर्ने कुराहरु, फर्किदा ध्यान दिनुपर्ने कुराहरु, बिदेशमा रहँदा सुरक्षित बस्ने उपाय, ट्राफिक नियमको पालना लगायतका बिषयमा बस तथा जिपहरुहमा चेतनामूलक सन्देश प्रशारण गर्न थालिएको हो । बिदेश जाँदा अज्ञानताका कारण यस क्षेत्रमा जनताले दुःख पाएको, समस्या भोगेको, बेपत्ता हुने गरेको, लुटिएको लगायतका समस्यालाई मध्येनजर गर्दै अछाम जिल्लामा संञ्चालन हुने सबै बस तथा जिपहरुमा जनचेतना मुलक सन्देशहरु प्रसारण गर्न थालिएको अछामका प्रहरी नयाब उपरिक्षक निरञ्जन दत्त भट्टले बताउनु भयो । जिल्लाका बस ब्यवसायी समिती र जिप ब्यवसायी समिती संग समन्वय गरि यो अभियानको थालनी गरिएको हो ।