जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

187

५ मंसिर, झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शरणामती–४ निवासी ६० वर्षीय झुमादेवी भट्टराई छिन् । आइतबार घर नजिकै रहेको रानी सामुदायिक वनमा घाँस काट्न जाँदा हात्तीले उनीमाथि आक्रमण गरेका जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । करिब ५ को संख्यामा आएका जंगली हात्तीले उनीमाथि आक्रमण गरेको स्थानीयवासीको भनाइ छ